हिपमत डटकम

मंगलबार, पौष ०५, २०७९ || 522  पटक पढिएको

काठमाडौं । नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको भेला आज गर्दैछ ।

काठमाडौंको प्रज्ञा प्रतिस्ठानमा हुने भेलालाई अध्यक्ष केपी ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा एमालेले प्रतिनिधि सभा सदस्यमा ७८ जना र प्रदेश सभामा १ सय ६१ जना सदस्य निर्वाचित भएका थिए ।

कार्यक्रममा प्रतिनिधि र प्रदेश सभामा नवनिर्वाचित सदस्य, राष्ट्रिय सभाका बहालवाला सदस्य, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारपनि सहभागी हुनेछन् ।

त्यस्तै निर्वाचन परिचालन कमिटीका सदस्य, पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय निकाय प्रमुख र पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्ष, जनसंगठनका अध्यक्ष र महासचिवलाई पनि आमन्त्रण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!