हिपमत डटकम

सोमबार, पौष ०४, २०७९ || 7083  पटक पढिएको

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन परिणाम आउने बितिकै आफुले अध्यक्ष पदबाट राजीनामा दिन खोजेको बताएका छन ।

निर्वाचित सांसदहरुलाई बधाइ दिन आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले निर्वाचनको परिणामबाट आफु सन्तुष्ट नरहेको र परिणाम आउने बितिकै आफुले राजीनामा दिन खोजेपनि पार्टी भित्र छलफल गर्दा केहि समस्या आउने देखेर पछि हटेको बताएका हुन । अध्यक्ष लिङ्देनले आफुहरु मन्त्री खानका लागि कुनै नेताको घर नधाउने र कुनै पार्टीको पुच्छर बनेर नहिड्ने उल्लेख गरे ।

नेता पशुपति शमशेर राणाले संसदमा आफुहरुको उपस्थीत बलियो ढंगले प्रस्तुत भए अर्को पटक राप्रपा तेश्रो शक्ति पुन कायम हुन सक्ने बताए ।

नेता राणाले नयाँ तवरबाट मुलुकलाई अघि बढाउने काम राप्रपाले संसदबाट देखाउने दावी गरे । नेपाल राष्ट्रको तर्फबाट संसदमा पुराना दलहरुलाई खवरदार गर्न राप्रपा आएकाले सो खवरदारी मामुली ढंगको नहुने जिकिर उनको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!