शुक्रबार, फाल्गुण ३०, २०७६ || 1528  पटक पढिएको

बेलायती विदेशमन्त्री डोमिनिक राबले शुक्रबार इराकमा इरानसमर्थक समूहविरुद्ध अमेरिकी हवाई हमलालाई समानुपातिक भएको प्रतिक्रिया दिनु भएको छ ।

इरानमा रहेको एक सैनिक शिवीरमा बुधवार भएको रकेट आक्रमणमा दुई अमेरिकी र एक बेलायती सैनिक मारिएकापछि पूर्वी सिरियामा इरानका सहयोगी इराकी लडाकूलाई अमेरिकी नेतृत्वको गठबन्धनले हवाई आक्रमण गरेको थियो ।

यसमा परी कम्तीमा १८ लडाकू मारिएका सिरियाको युुद्ध निरिक्षण गरिरहेका एक मानवअधिकारबादी समूहले जनाएको थियो ।

अमेरिकी नेतृत्वको यस गठबन्धनद्वारा प्रकाशित विज्ञप्तिमा तीन कर्मचारी मारिनुको साथै अन्य १२ जना घाइते भएका बताएको थियो । एक अमेरिकी अधिकारीले एएफपीलाई यस परी दुई अमेरिकी र एक बेलायती नागरिक मारिएका जानकारी दिएको थियो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र बेलायती विदेशमन्त्री डोमिनिक राबबीच भएको टेलिफोन वार्तामा उक्त रकेट हमलाको निन्दा गर्नुभएको छ ।
इराकमा बेलायतीसहितको गठबन्धनका सेनाले देशलाई आतङ्ककारी गतिविधिको विरूद्ध लड्न मद्दत पुर्याइरहेका र उनीहरूलाई हानि र्पुयाउन चाहन्छ भने ,उसले कडा प्रतिक्रिया भोग्नु पर्ने राबले एक विज्ञप्तिमार्फत बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!