हिपमत डटकम

मंगलबार, मंसिर २७, २०७९ || 1403  पटक पढिएको

भारतपछि चीनले पनि अरुणाचल प्रदेशको तवाङ सेक्टरको याङ्त्से क्षेत्रमा डिसेम्बर ९ मा चिनियाँ र भारतीय सैनिकबीच भएको झडपलाई लिएर वक्तव्य जारी गरेको छ । डिसेम्बर ९ मा दुई देशका सैनिकबीच झडप भएको थियो ।

 

भारतका रक्षामन्त्री राजनाथ सिंहले संसदमा चिनियाँ सेनाले तवाङ सेक्टरको याङ्त्से क्षेत्रमा रहेको वास्तविक नियन्त्रण रेखामा अतिक्रमण गरेर यथास्थितिलाई एकतर्फी रूपमा परिवर्तन गर्ने प्रयास गरेको तर भारतीय सेनाले त्यसलाई असफल बनाएको बताए ।

राजनाथ सिंहले भने, ‘हाम्रो सेनाले दृढताका साथ चीनको यो प्रयासको सामना गर्यो । यो भिडन्तमा झडप भयो । भारतीय सेनाले बहादुरीका साथ चिनियाँ सैनिकहरूलाई हाम्रो भूमिमा अतिक्रमण गर्नबाट रोक्यो र उनीहरूलाई आफ्नो पोस्टमा फर्कन बाध्य तुल्यायो । यस झडपमा दुबै पक्षका केही सैनिक घाइते भए पनि कुनै सैनिकको मृत्यु भएको छैन ।’

समाचार एजेन्सी एएफपीका अनुसार चीनले भारतसँगको सीमामा स्थिति स्थिर रहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भारतसँग सैन्य र कूटनीतिक तहमा वार्ता भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!