हिपमत डटकम

मंगलबार, मंसिर २०, २०७९ || 947  पटक पढिएको

पोखरा। पोखरा नयाँ बजारमा जारी व्यापार मेलामा राखीएको ‘रोटे पिङ’बाट खसेर चार जना घाइते भएका छन् ।

पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापारिक मेलाको बाल उद्यानको ‘रोटे पिङ’ खेल्दा खसेर आइतबार साँझ चार जना घाइते भएका हुन् ।

डब्बा कोल्टिएर पिङ बीचतिर आउँदा आफूहरू खसेको घाइतेको भनाई छ । एक जना पिङकै फलाममा समात्दा भुइँमा खसिनन् । ६ वर्षीय बालिकासहित तीन जना भुइँमा बजारिएको घाइतेले बताए ।

घाइतेमध्ये एक जना युवतीको अवस्था गम्भीर छ । उनको टाउकोमा चोट लागेको छ । अन्य दुई महिला र बच्चाको अवस्था सामान्य छ । घाइतेको पोखरा नयाँबजारस्थित गण्डकी मेडिकल कलेज उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!