वीरगन्ज । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य एवम् प्रदेश सभा सदस्य निर्वाचनको क्रमममा अन्तर्घात गर्ने, पार्टीले उठाएको उम्मेदवारका विरुद्ध बागी उठ्ने नेता तथा कार्यकर्तालाई एमाले पर्सा कमिटीले कारबाही गरेको छ । निर्वाचन समीक्षा गर्न बसेको एमाले सचिवालय कमिटी बैठकले अन्तर्घात र बागी उठ्नेहरुलाई साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासन गरी कारबाही गरेको जिल्ला कमिटी अध्यक्ष जयप्रकाश थारूले बताए ।
अधिकांश क्षेत्रहरूमा अन्तर्घात भएको कारण पार्टीले हार व्यहोर्नुपरेको ठहर गर्दै केन्द्रीय पार्टीको निर्देशनमा अनुशासन विपरित गतिविधि गर्नेलाई कारबाही गरेको हो । कारबाही पर्नेहरुमा संगठित सदस्य , प्रदेश कमिटी सदस्यदेखि केन्द्रिय सदस्य समेत रहेको छन् । जिल्ला कमिटी अध्यक्ष थारुको अध्यक्षता एवं केन्द्रिय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजारको प्रमुख आतिथ्यमा बसेको सचिवालय कमिटीले पार्टीको कमिटीले सिफारिश गरेको आधारमा अनुसन्धान गरी कारबाही गरेको छ ।
सचिवालय कमिटीको बैठकले पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको नमलवाली यसप्रकार छन् :-
१. जिल्ला कमिटी सचिव एवं छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता
२. जिल्ला कमिटी सदस्य एवं सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यसवन्त यादव
३. जिल्ला कमिटी सदस्य एवं वडा अध्यक्ष वासुदेव महत्तो थारु
४. नाजुदिन अंसारी
५. इमरान हुसेन
६. मंजूर आलम
७. पवन तिवारी
८. सुबास साह कानु
९. वीरेन्द्र साह कानु
१०. मौजीलाल साह कानु
११. मुस्तकीम अंसारी
१२. रामप्रित महतो थारु
१३. अमानत अंसारी
१४. नबिजान मियाँ सहितलाई आज देखि पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिएको जिल्ला कमिटी अध्यक्ष थारुले बताए ।
यस्तै उक्त सचिवालय कमिटीको बैठक पार्टीको निर्देशनमा अनुशासन विपरित गतिविधि गर्ने २६ लाई स्पष्टीकरण सोधेको छ ।
१. महेश दास
२. नरेश तिकडेवाल
३. अमोद यादव
४. संजिव बहादुर छत्कुली
५. विश्वराज कुर्मी
६. जितेन्द्र पटेल
७. सम्सुदिन अंसारी
८. सुनिल कुशवाहा
९. रामबाबु साह
१०. प्रमोद यादव
११. महादेव साह कलवार
१२. इनरदेव चौधरी
१३. रामनाथ चौधरी
१४. रामराज यादव
१५. हरिनारायण चौधरी
१६. रामेश्वर साह कानु
१७. फरिन्द्र कुशवाहा
१८. जितेन्द्र साह कलवार
१९. नाजिर मियाँ
२०. गौरी शंकर साह कानु
२१. महेन्द्र साह कलवार
२२. विनोद साह कानु
२३. विश्वेश्वर यादव
२४. कुरान अलि
२५. फुलमहमद मियाँ
२६. रियाजुल मियाँ
सचिवालय कमिटी बैठकले ठोरी गाउँपालिका कमिटी अध्यक्ष खगेन्द्र बहादुर श्रेष्ठसहित पालिका कमिटीलाई पनि स्पषटीकरण सोधेको छ ।
प्रतिनिधि सभा सदस्य एवं प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घात गर्ने केन्द्रिय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजार र प्रदेश कमिटी सदस्य बश्रुदिन अन्सारीलाई कारबाहीका लागि केन्द्रिय कमिटीमा उक्त सचिवालयको बैठकले सिफारिश गरेको छ ।
हजार र अंसारी पार्टीका उम्मेदवारहरुलाई हराउन गतिविधि गरेको भन्ने कार्यकर्ताबाट व्यापक गुनासो आएपछि सचिवालय कमिटीले कारवाहीको माग गर्दै केन्द्रिय कमिटीमा सिफारिश गरेको छ । जिल्ला कमिटीले छानविन समितिले दिएको प्रतिवेदनको आधारमा कारबाहीको लागि केन्द्रिय कमिटीमा पठाएको जनाएको छ ।