पश्चिम बङ्गालको पूर्वी मेदिनीपुर जिल्लाको कान्थीमा शुक्रबार राति तृणमूल कांग्रेसका एक नेताको घरमा भएको विस्फोटमा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । यो घटना अर्जुन नगर ग्राम पञ्चायतको नदयविला गाउँमा भएको हो ।
मृत्यु हुनेमा स्थानीय तृणमूल नेता राजकुमार मन्ना पनि छन् । उनीहरू बाहेक राजकुमारका भाइ देवकुमार मन्ना र अर्का व्यक्ति विश्वजित गायनको पनि मृत्यु भएको थियो । तृणमूल कंग्रेसका सांसद तथा मुख्यमन्त्री ममता बनर्जीका भतिजा अभिषेक बनर्जीको सभा शनिबार उक्त घटना भएको इलाका नजिकै हुन लागेको थियो।
यो विस्फोटलाई लिएर आरोप–प्रत्यारोपको सिलसिला पनि सुरु भएको छ । भाजपाले आरोप लगाएको छ कि तृणमूलका मानिसहरूले घरमा बम बनाएका थिए, जसका कारण यो दुर्घटना भएको हो। गत वर्षको विधानसभा चुनावपछि यो क्षेत्र प्रायः हिंसाका कारण चर्चामा रहेको छ ।
अर्कोतर्फ, भगवानपुरका तृणमूल कांग्रेसका पूर्व विधायक अर्धेन्दु माइतीले अहिले यस विस्फोटको पूर्ण विवरण आउन नसकेको बताए। प्रहरीले अनुसन्धान जारी रहेको भन्दै विष्फोटबारे प्रतिक्रिया दिन अस्वीकार गरेको छ । –बीबीसी हिन्दी