हिपमत डटकम

सोमबार, मंसिर १२, २०७९ || 759  पटक पढिएको

एजेन्सी : चीनमा कोरोना नियन्त्रणका लागि जारी कडा प्रतिबन्धविरुद्धको आन्दोलन चर्केको छ । राजधानी बेइजिङ र वित्तीय केन्द्र सांघाई सहरमा सयौँ प्रदर्शनकारीहरू जम्मा भएर प्रदर्शन गरेका छन् ।

प्रदर्शन छेन्दु र सिआनका दक्षिण–पश्चिम सहरहरू र वुहानमा पनि शुरु भएको छ । करिब तीन वर्षअघि वुहानबाटै कोरोना संक्रमण शुरु भएको थियो ।

प्रदर्शनकारीहरुले राष्ट्रपति सी जिनपिङको राजीनामा समेत मागेका छन् । कम्युनिष्ट पार्टीका महासचिवको सार्वजनिक आलोचना गर्नेलाई चीनमा जेल सजाय हुनसक्छ ।

प्रदर्शनकारीहरूले राष्ट्रपति सीको शून्य कोरोना नीतिमाथि प्रश्न उठाएका छन् । उनीहरुले सामूहिक परीक्षण, क्वारन्टिन र लकडाउन जस्ता प्रतिबन्धको विरोध जनाएका हुन् ।

उरुम्चीस्थित एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएपछि कोरोनाको निषेधाज्ञाविरुद्ध प्रदर्शन शुरु भएको हो । केन्द्रीय सरकारविरुद्ध प्रश्न उठाउँदै चीनमा अहिलेसम्मकै ठूलो प्रदर्शन भएको बताइएको छ ।

प्रदर्शनका क्रममा धेरै प्रदर्शनकारीहरूले खाली ब्यानरहरू समातेको दृश्य देखिएको छ । आफ्नो असन्तुष्टि व्यक्त गर्नका लागि सेतो कागज र खाली ब्यानर बोकेको प्रदर्शनकारीको भनाइ छ ।

चीनका लाखौं मानिसहरू तीन वर्ष लामो प्रतिबन्धबाट आजित भएका छन् । अहिले उनीहरूको निराशा उत्कर्षमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!