हिपमत डटकम

शनिबार, मंसिर १०, २०७९ || 1337  पटक पढिएको

राजविराज — कांग्रेस नेता तेजुलाल चौधरीले प्रतिनिधिसभामा ह्याट्रिक जित निकालेका छन् । सप्तरी क्षेत्र नम्बर ४ बाट तेस्रो पटक उनी प्रतिनिधिसभा सदस्यमा चुनिएका हुन् ।

शनिबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार चौधरी २३ हजार ४ सय ९१ म्त प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार ९ सय ७७ मत प्राप्त गरे ।

चौधरी यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी ५ बाट निर्वाचित भई संविधान निर्माण प्रक्रियामा सहभागी भएका थिए । त्यस्तै संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सप्तरी ४ बाट निर्वाचित भएका थिए । उनी २०७४ सालमा युवा तथा खेलकुद राज्यमन्त्रीको जिम्मेवारीमा समेत थिए ।

यो परिणामसँगै प्रतिनिधि र प्रदेशसभा निर्वाचनअन्तर्गत सप्तरीमा प्रत्यक्षतर्फको मतगणना सकिएको छ । चार वटा प्रतिनिधिसभा क्षेत्र रहेको सप्तरीमा क्षेत्र नम्बर १ मा जसपाका नवलकिशोर साह,२ मा जनमतका सीके राउत ३ मा कांग्रेसका दिनेशकुमार यादव र ४ मा काग्रेसकै तेजुलाल चौधरी विजय भएका छन् ।

कुल ८ प्रदेशसभा क्षेत्रमध्ये जनमत पार्टीले ४ तथा कांग्रेस, एमाले, नेकपा एस र स्वतन्त्रले एक–एक स्थानमा जित निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!