हिपमत डटकम

शनिबार, मंसिर १०, २०७९ || 709  पटक पढिएको

मोरङ — मोरङ क्षेत्र नम्बर २ मा एमालेका ऋषिकेश पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन । उनले कांंग्रेसकी सुजाता कोइरालालाई १ हजार २ सय ८ मतले हराएका पोखरेलले ३३ हजार १ सय ४८ मत पाउँदा कोइरालाले ३१ हजार ९ सय ४० मत ल्याइन् ।

पोखरेल यसअघि २०७० को संविधानसभा सदस्यमा पनि यो क्षेत्रबाट विजयी भएका थिए । उनी अघिल्लो निर्वाचनमा कांंग्रेसका मिनेन्द्र रिजालसँग पराजित भएका थिए ।

तत्कालीन क्षेत्र नम्बर १ हुँदा सुजाताका बुवा गिरिजाप्रसाद कोइरालाले यस क्षेत्रबाट २०४८, ५१ र ०५६ को संसदीय निर्वाचन जितेका थिए । २०५६ मा मोरङ र सुनसरी ५ बाट विजयी भएका कोइरालाले मोरङ छाडेपछि उपनिर्वाचनमा उनका प्रतिनिधि आमोदप्रसाद उपाध्यायले बाजी मार्दै पहिलो संविधानसभा निर्वाचनसम्म कोइरालाको विरासत थामेका थिए ।

२०७० को संविधानसभा निर्वाचनमा एमालेका पोखरेलले उपाध्यायलाई हराएर लाल झण्डा गाडेका थिए । २०७४ को निर्वाचनमा मीनेन्द्र रिजालले पोखरेललाई हराउँदै कोइरालाको विरासत फर्काएका थिए । यस पटकको निर्वाचनमा कोइरालाले रिजाललाई टिकटमै पन्छाएर उम्मेदवारी बनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!