बीरगन्ज / प्रतिनिधि सभा पर्सा क्षेत्र न ३ का नवनिर्वाचित सदस्य राजकुमार गुप्ताले मतगणना को विषयमा भ्रम मा नपर्न आग्रह गर्नुभएको छ । पराजित मानसिकताको उपज को रुपमा केही उम्मेदवार र व्यक्ति ले सत्ता को आडमा भ्रम फैलाइरहेको मा सजग रहन आफ्नो मतदाता क्षेत्र को जनसमुदाय मा आग्रह गर्नु भएको छ ।’

केही व्यक्ति ले गरिरहेको षड्यन्त्र को जनताले प्रतिकार गर्ने छ’ गुप्ताले भन्नुभयो।प्रतिनिधि सभा सदस्य पर्सा क्षेत्र न ३ को मतगणना सकिएपछि सर्वदलीय सर्वसम्मतिले मुचुल्का उठाएर क्षेत्र न ३ को निर्वाचन अधिकृत योगनाथ ढकालले माइकबाट नेकपा एमाले का राजकुमार गुप्ता निर्वाचित भएको घोषणा गर्नु भएको थियो ।

निर्वाचन अधिकृत ढकालले मौखिक को साथमा सार्वजनिक सूचना समेत टास गर्नु भएको थियो । सबै उम्मेदवारले पाएको मत सहितको अन्तिम विवरण लेखेर त्यसमा निर्वाचन अधिकृतको कार्यालयकै छाप लगाउनुका साथै हस्ताक्षर गरेर ह्वाटसएपमा पठाएको गुप्ता बताउनुहुन्छ ।

निर्वाचन आयोग को आधिकारिक बेवसाइड मा पर्सा ३ को प्रतिनिधि सभा सदस्य निर्वाचन को मतगणना को परिणाम को घोषणा गर्दै राजकुमार गुप्ता निर्वाचित भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!