हिपमत डटकम

बिहिबार, मंसिर ०८, २०७९ || 3368  पटक पढिएको

रौतहट क्षेत्र नम्बर २ को प्रदेशसभा (१) मा नेकपा एमालेका उम्मेदवार जैद आलम निर्वाचित भएका छन् ।

२५ वर्षीय जैद आलम यस अघिको स्थानीय निर्वाचनमा मेयर पदमा पराजित भएका थिए । राजपुर नगरपालिकाको मेयर पदको चुनावमा पराजित भएका जैद अहिले प्रदेशसभा सदस्यका लागि निर्वाचित भएका हुन् ।

जैदले १३ हजार ५ सय ३२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्वी स्वतन्त्र उम्मेदवार नागेन्द्र सिन्हाले ६ हजार ८ सय ७२ मत प्राप्त गरे । ६ हजार ६ सय ६० मतान्तरले विजयी भएका जैद पूर्वमन्त्री स्व. मुस्ताक आलमका छोरा हुन् ।

जित पछि संक्षिप्त प्रतिक्रिया दिंदै उनले यस क्षेत्रको समृद्धि र आमूल परिवर्तनका लागी काम गर्ने बताए । ‘यस क्षेत्रमा विकासका धेरै काम गर्नु पर्ने छ । विकासको मामलामा यो क्षेत्र धेरै पछाडि छ,’ जैदले भने, ‘युवा जोसका साथ राजनितिमा आएको छु । बुवाका धेरै सपना थिए यस क्षेत्रका लागि जुन म पुरा गर्न आजैदेखि लाग्छु ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!