हिपमत डटकम

बिहिबार, मंसिर ०८, २०७९ || 1109  पटक पढिएको

एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बैतडीमा नेकपा (माओवादी केन्द्रका) का उम्मेदवार नरेन्द्र कुँवर (विजयसुन्दर) ले अग्रता लिनुभएको छ । कुँवरलाई नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले पछ्याईरहनु भएको छ ।

पचास हजार चार सय ९ मतगणनामा कुँवरले २२ हजार दुई सय ३० मतसहित अग्रस्थानमा हुनुहुन्छ भने नेकपा एमालेका भण्डारीले २० हजार आठ सय ७० मत लिएर पछ्याईरहनुभएको छ । अहिले सुर्नया गाउँपालिका र पाटन नगरपालिकाको मतगणना भईरहेको छ । पाटन नगरपालिका एमालेका उम्मेदवार भण्डारीको स्थानीय पालिका हो ।

कुल १० स्थानिय तह र ८४ वडा रहेको बैतडीका स्थानिय तहका वडा अनुसार मतगणना भईरहेको छ । डिलासैनी गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, पुरचौडी नगरपालिका, मेलौली नगरपालिका र सिगास गाउँपालिकाको मतगणना सकिएको छ भने पाटन नगरपालिका र सुर्नया गाउँपालिका मतगणना भईरहेको छ ।

मुख्य निर्वाचन कार्यालयका अनुसार दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिको मतगणना बाँकी छ । प्रदेशसभाको मत परिणाम सार्वजनिक भईसकेकाले प्रतिनिधि सभातर्फको मत तीन ठाउँमा गणना भईरहेको छ । प्रतिनिधि सभातर्फको मत परिणाम आजै आउने बताइएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा बैतडीबाट ७८ हजार ३६९ मत खसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!