हिपमत डटकम

बिहिबार, कार्तिक २४, २०७९ || 2915  पटक पढिएको

सोसल मिडियामा सानिया मिर्जाका भिन्न खाले पोस्टका कारण पाकिस्तानी क्रिकेटर शोएब मल्लिकसँग उनको वैवाहिक सम्बन्ध राम्रो छैन कि भन्ने अनुमान धेरैले गरे । कतिले सानिया र शोएबबीच सम्बन्धविच्छेद हुन लागेकोसमेत अनुमान गरे । तर हालै, यो जोडीका निकै मिल्ने साथीले यी दुईको सम्बन्धविच्छेद भइसकेको जानकारी दिएका छन् ।

इन्साइड स्पोर्टमा प्रकाशित एक समाचारका अनुसार यो जोडीका निकै मिल्ने साथीले यसबारे पुष्टि गर्दै भनेका छन्, ‘हो, उनीहरु आधिकारिक रुपमा नै छुट्टिइसकेका छन् । म यसबारे थप जानकारी दिन सक्दिनँ तर उनीहरु अलग्गिएको भनेर चाहिँ पुष्टि गर्न सक्छु ।’

यस्तो बताउने उनीहरु मिल्ने साथी शोएबका म्यानेजमेन्ट टिमका सदस्य पनि हुन् ।

भारतको टेनिस जगतकी शीर्ष खेलाडी र ग्राड स्ल्याम डबल्सकी ६ पटककी बिजेताले केही समय अघि आफू सिजनको अन्त्यतिर अवकाश लिन लागेको जानकारी दिएकी थिइन् । उनी हाल एक्लै बसिरहेकी र छोरा इजहानको हेरविचार गरिरहेकी छिन् । सानिया र शोएबको सम्बन्धविच्छेद हुनुको कारण स्पष्ट हुन नसकेपनि पाकिस्तानी मिडियालाई उद्धृत गर्दै डिएनएले शोएबले सानियालाई धोका दिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!