हिपमत डटकम

बिहिबार, कार्तिक २४, २०७९ || 1373  पटक पढिएको

पञ्जाबको फरीदकोटमा डेरा सच्चा सौदाका अनुयायी प्रदीप सिंहलाई सार्वजनिक रूपमा गोली हानेको घटना बाहिर आएको छ । गोली हानेको यो घटना सीसीटीभीमा कैद भएको छ । फरीदकोट जिल्लाको कोटकपुरा सहरमा भएको यो घटनामा सुरक्षाकर्मी प्रदीप सिंह पनि घाइते भएका छन् । बिहिबार बिहान प्रदीप सिंह पसल खोल्न जाँदा यो घटना भएको हो । त्यतिबेला मोटरसाइकलमा आएका आक्रमणकारीले उनीमाथि गोली प्रहार गरेका थिए ।

प्रदीप सिंह बरगाडी बेअदबी हत्याकाण्डका पनि अभियुक्त थिए । उनी २०२१ देखि जमानतमा छुटेका थिए र उनले सुरक्षा पाएका थिए । यस घटनापछि पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले भने,‘पञ्जाब एक शान्तिपूर्ण राज्य हो जहाँ जनताबीच बलियो भाइचारा छ । पञ्जाबको शान्ति भंग गर्न कसैलाई पनि अनुमति दिइने छैन । राज्यमा शान्ति सुरक्षा कायम गर्न प्रहरी अधिकारीलाई कडा निर्देशन दिइएको छ ।’

यो घटनापछि कोटकापुराका विधायक तथा विधानसभा अध्यक्ष कुलतार सिंह संधवान अस्पताल पुगेका थिए । फरीदकोट रेन्जका आईजी प्रदीप यादवले यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

उनले भने, ‘प्रदीप सिंहका सुरक्षाकर्मीले जवाफी कारवाही गरेका थिए । यस घटनामा तीन जना घाइते भएका छन् । हामीले सीसीटीभी हेरेका छौँ र केही सुरागहरू पाएका छौँ । स्थिति नियन्त्रणमा छ । सुरुमा प्रदीप सिंहका सुरक्षाकर्मीको लापरवाही देखिएको छ । प्रहरी वरिष्ठ अधिकारीको विशेष टोलीले घटनाको सबै पक्षमा अनुसन्धान गरिरहेको छ ।’ बरगाडी बेअदबी हत्याकाण्डपछि अहिलेसम्म डेरा सच्चा सौदाका सातौं समर्थकको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!