हिपमत डटकम

सोमबार, कार्तिक २१, २०७९ || 8642  पटक पढिएको

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध डडेल्धुराबाट स्वतन्त्र उम्मेदवार बनेका सागर ढकालले आफूलाई जोगाइदिन भन्दै त्यहाँका जनतासँग गुहार मागेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई डडेल्धुरामा चुनाव प्रचारप्रसारमा माइकिङ गर्दै हिँड्दा रोक लगाइएको भन्दै जनता गुहार्न बाध्य भएको उनले बताएका हुन् ।

उनले लेखेका छन्, ‘मलाई जोगाइदिनुस्– जनता गुहार्नु बाहेक केही बाँकि रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ। मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन। मलाइ रोकेको छ ।’

केही समयअघि प्रधानमन्त्री देउवा गृह जिल्ला पुग्दा प्रतिस्पर्धी ढकाल पनि माला हातमा लिएर देउवाको स्वागतमा लाममा उभिएका थिए । तर, उनले देउवालाई माला लगाउन पाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!