हिपमत डटकम

आइतबार, कार्तिक २०, २०७९ || 2195  पटक पढिएको

कुमुद मोहन झा
प्रत्येक वर्ष कार्तिक शुक्ल त्रयोदशीको दिन मैथिलहरु द्वारा विश्वभरि विद्यापति स्मृति पर्व मनाइन्छ। विद्यापति द्वारा लिखित हजारौं कविताहरु मध्ये जीवनको अन्तिम समयमा लेखिएको एउटा कवितामा आफ्नै मृत्युको भविष्यवाणी गरिएको पाइन्छ। यस कवितामा आफ्नी छोरी दुल्लहिलाई सम्बोधन गर्दे लेख्नु भएको छ।

विद्यापतिक आयु अवसान। कातिक धवल त्रयोदशी जान।
अर्थात कार्तिक शुक्ल त्रयोदशीका दिन विद्यापतिको आयु अवसान हुनेछ। यसै तथ्यको आधारमा उपरोक्त तिथिलाई मैथिल महाकविको पुण्यतिथि मानी वहाँको स्मरण, वन्दन र पूजन समारोहलाई पर्वको रुपमा मनाइन्छ।

विद्यापति मैथिली र संस्कृतको कवि, संगीतकार, लेखक र तत्कालीन ओइनी राजदरबारको राजपुरोहित हुनुहुन्थ्यो। वहाँलाई मैथिल कवि कोकिल, महाकवि, अभिनव जयदेव आदि नामले पनि चिनिन्छ। जन्म र मृत्युको प्रमाणिक तिथि अज्ञात रहे तापनि विभिन्न अभिलेख हरुको आधारमा सन् १३५२ ई। देखि १४४८ ई। सम्म वहाँको जीवन काल हुन सक्ने अनुमान गरिन्छ।

विद्यापति भारतीय उपमहाद्वीप क्षेत्रीय साहित्यको श्रृंगार परम्परा का साथ( साथै भक्ति परम्पराको एउटा प्रमुख स्तम्भ र मैथिली को सर्वोपरि कवि हुनुहुन्थ्यो। वहाँको काव्य रचनाको भाषा, शैली र भावको अनुकरण मैथिलीका अतिरिक्त समकालीन बंगाली, उडीया, असमी, ब्रजबुलि र नेपाली साहित्य रचनामा पनि गरेको पाइन्छ। संस्कृत, प्राकृत अपभ्रंश र मातृभाषा मैथिली माथि समान अधिकार भएका विद्यापति मिथिलाका मानिसहरु को माध्यमले सम्पूर्ण विश्वलाई ू देसिल बयना सब जन मिट्ठा ू का सूत्र दिएर मातृभाषाको जनचेतना लाई जीवित राख्ने प्रथम प्रयास गरेर अमरत्व प्राप्त गर्नु भएको छ।

मैथिल महाकवि विद्यापतिको जन्म वर्तमान भारतको विहार प्रान्त अन्तर्गत मधुबनी जिल्लाको बिसफी गाऊँमा मैथिल ब्राह्मण परिवारमा भएको हो। बुवा गणपति ठाकुर र आमा गांगो देवीका सुपुत्र विद्यापति ठाकुर बाल्यकाल देखिनै विलक्षण प्रतिभाका धनी हुनुहुन्थ्यो। बुवा गणपति ठाकुर ओइनी राजदरबारमा राजा भोगीश्वर र देवसिंह को पालामा राजपंडित हुनुहुन्थ्यो। यसै दरबारमा विद्यापति राजकुमारहरु सॅंग प्रारम्भिक शिक्षा प्राप्त गर्नु भयो। पछि सहोदरपुरमा हरि मिश्रको चौपाडि ९ विद्यालय० वाट न्यायशास्त्र र धर्मशास्त्रमा उच्च शिक्षा हासिल गरी ओइनी राजदरबारमा राजपंडित नियुक्त हुनुभयो।

महाकवि विद्यापतिको शास्त्रीय र लौकिक दुबै क्षेत्रमा असाधारण दखल थियो। कर्मकाण्ड, धर्म, दर्शन, न्याय, सौन्दर्यशास्त्र, भक्ति रचना, विरह व्यथा, अभिसार, राजाको कृतित्व गान अथवा सामान्य जनताको लागि गयामा पिण्डदान सबै क्षेत्रमा उनको कालजयी रचनाहरु रहेको छ। ओईनवार राजवंशको अनेकौं राजा हरुको शासन कालमा राजपंडितको रुपमा आफ्नो विद्वता र दूरदर्शिताले उनीहरुको मार्गदर्शन गर्नुभयो। उक्त राजवंशका राजाहरु देवसिंह, कीर्तिसिंह, शिवसिंह, पद्मसिंह, नरसिंह, धीरसिंह, भैरवसिंह, चन्द्रसिंह का अतिरिक्त रानीहरु लखिमा देवी, विश्वास देवी र धीरमती देवीको सल्लाहकारका रुपमा आफ्नो मार्गदर्शन प्रदान गर्नै अवसर कवि कोकिलले प्राप्त गर्नु भयो।

विद्यापति आजीवन काव्य रचना गर्नुभयो। वहाँको लेखाईको भाषा क्षेत्र र विषय क्षेत्रमा व्यापकता पाइन्छ। मैथिलीमा लेखिएको पदावली हजार भन्दा बढी गीतहरु को संग्रह हो। भाव अनुसार यस गीतहरु लाई तीन भागमा विभाजित गर्न सकिन्छ स् श्रृंगार गीत, भक्ति गीत र व्यवहार गीत। श्रृंगार गीतमा नर( नारीको यौन सम्बन्ध, भक्ति गीतमा आराध्य र आराधक को अलौकिक सम्बन्ध र व्यवहार गीतमा पारिवारिक स्नेह सम्बन्धलाई गाइएको छ। यो गीतहरु मिथिलाको पारिवारिक, सामाजिक र धार्मिक अनुष्ठानका अविछिन्न अंगको रुपमा स्थापित भएको छ। यस गीत हरुमा मिथिलाको आत्मा ध्वनित भएको महशूस गर्न सकिन्छ।

अवहट्ठमा यिनको दुई खण्ड काव्य कीर्तिलता र कीर्तिपताका उपलब्ध छन् जसमा उनले आफ्ना दुई आश्रयदाता कीर्तिसिंह र शिवसिंहको बीरगाथा वर्णन गर्नु भएको छ। महाकविले संस्कृत, प्राकृत र मैथिली तीन वटै भाषाको प्रयोग गरी गोरक्षविजय र मणिमंजरी नामको दुई वटा नाटकको रचना गर्नु भयो। उनले शुद्ध संस्कृतमा अनेकौं शास्त्रीय र व्यवहारोपयोगी ग्रन्थहरु लेख्नुभयो।
पुरुषपरीक्षा उनको विश्व विख्यात कृति हो जसमा सरल संस्कृत भाषामा शिक्षाप्रद कथाहरु संकलित गरिएको छ। त्यस्तै लिखनावली एक दुर्लभ प्रकारको ग्रन्थ हो जसमा शासनोपयोगी पत्राचार र अभिलेखांकन नमूनाको रुपमा सिकाइएको छ। यात्रा साहित्यमा विद्यापति रचित भूपरिक्रमा दुर्लभ ग्रन्थ हो। उनले धर्मशास्त्र र कर्मकाण्डमा नौ वटा पारम्परिक ग्रन्थहरु लेख्नु भयो जुन यस प्रकार छ स् विभागसार, शैवसर्वस्वसार, दुर्गा भक्तितरंगिणी, दानवाक्यावली, गंगावाक्यावली, शैवसर्वस्वसार प्रमाण संग्रह, गयापत्तलक, वर्षकृत्य र व्याडीभक्तितरंगिंणी।

यिनको सबै रचना हरुमा प्रचुर र प्रमाणिक ऐतिहासिक सूचना र समकालीन सामाजिक चित्रण भेटिन्छ फलस्वरूप जन मानसमा लोकप्रिय बनेको छ। तर महाकविका राधाकृष्ण प्रणय लीला गीतहरु जन हृदयको सर्वोच्च शिखरमा विराजमान रहेको पाइन्छ। यस गीत हरुमा प्रेमाभक्तिको दिव्य भावलाई समेटेर दिव्य प्रेमलाई पार्थिव प्रेमको स्वरूप प्रदान गरी आध्यात्मिक र दार्शनिक तत्व हरुलाई सर्व बोधगम्य बनाइएको छ।

महाकवि विद्यापति धार्मिक रुपमा समन्वयवादी बहुदेवोपासक भक्त हुनुहुन्थ्यो। उहाँले पुराण हरुमा प्रतिपादित र मानिसहरु बीच प्रचलित सर्वदेवैकत्वको भावनालाई ग्रहण गर्नु भएको छ। विद्यापतिमा श्रृंगार समन्वित भक्ति विद्यमान छ। यहाँको लौकिक प्रेमनै ईश्वरोन्मुख भई कतै( कतै भक्तिमा परिणत भएको छ। उनको भक्ति भावनामा प्रेम तत्वको सम्मिश्रण पाइन्छ। उनलाई शैव, शाक्त, वैष्णव जे भन्दा पनि उनको महत्वलाई प्रवर्धित गर्नु नै हो। प्रत्येक सन्तको विषयमा अलौकिक चमत्कारका विविध कथाहरु सुन्न पाइन्छ। यसै क्रममा विद्यापतिको संदर्भमा पनि एउटा कथा छ कि उनको भक्तिभावको वशीभूत भई शिव स्वयं उगनाको रुप धारण गरी महाकविको सेवार्थ उनको घरमा बाह्र बर्ष सम्म नौकरी गर्नुभयो। भक्त र भगवानको बीचमा यस किसिमका अनौठो सेव्य सेवक सम्बन्ध अन्यत्र कतै पनि भेटिदैन।

नेपालमा पनि जन( स्तरवाट विभिन्न ठाऊॅंहरुमा विद्यापति स्मृति पर्व समारोहको आयोजन हुन्छ। यसै आयोजनावाट क्षेत्रीय भाषाहरु खासगरी मैथिलीको अस्मिता र सम्मानका लागि चिन्तन शुरू भएको पाइन्छ। भाषा र साहित्यमा वहाँले गरेको योगदानको उच्च सम्मान गर्दै नेपाल सरकारले हुलाक टिकटमा उनको तस्वीर अंकित गरेको छ। यस स्मृति दिवस लाई पनि सरकारी स्तरमा योजनाबद्ध र व्यवस्थित तरीकाले मनाउन सकियो भने सुनमा सुगन्ध हुनेछ। अभिनव जयदेव विद्यापतिको स्मृति दिवसमा हार्दिक श्रद्धा सुमन अर्पण गर्दै कोटि( कोटि नमन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!