पछिल्लो समय सिंगो सांगीतिक क्षेत्र ब्यवसाहिक रुपमा धरासाही भएता पनि कलाकारहरुले उत्कृष्ट गीत संगीतका सृजनाहरु बजारमा ल्याउन पछी परेका छैनन् । सोहि क्रममा बिगत निकै लामो समय यता यसै क्षेत्रमा क्रियासिल गायक तथा सर्जक बिदुर घिमिरेले पनि भर्खरै अर्को सांगीतिक कोसेली लिएर बजारमा आएका छन् । उनको पछिल्लो गीत “डाँडा पारीमा” बोलको रहेको छ । प्रस्तुत गीतमा लोकप्रिय गायिका शान्ति श्री परियार र प्रस्तुतकर्ता स्वयम् बिदुरको सुमधुर स्वर सुन्न सकिन्छ ।गीतलाई लय तथा शब्द सिर्जना भने कृष्ण दाहालले भएका छन् ।

मौलिक स्वादमा तयार भएको गीतका गायक तथा सर्जक बिदुर घिमिरे र आयुष्मा कार्कीको रहेको छ । त्यसो त यस भन्दा अगाडी पनि बिदुरले केहि गीतहरुमा अभिनय गरिसकेका छन् । “डाँडा पारीमा” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन मनोज सुबेदीले गरेका हुन् भने छायांकन रेशम दर्लामी र सम्पादन शिलन लम्सालले गरेका छन् । यसरी निकै दुख कष्टको साथमा बजारमा ल्याइएको गीतहरुलाई हामी सम्पूर्ण संगीत पारखी मनहरुले हेरेर सुनेर कलाकारहरुलाई प्रत्साहन गर्नु पर्ने आजको आवस्यकता हो । हामि यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!