हिपमत डटकम

शनिबार, कार्तिक १९, २०७९ || 2023  पटक पढिएको

विराटनगर। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वको टोलीले आज धरान–६ पानबारीस्थित भेन्चर वेष्ट टु इनर्जी प्रालिको अध्ययन अवलोकन भ्रमण गरेको छ ।

धरानमा उत्पादित फोहोर भेन्चरमा लगेर प्रशोधन गरी मल र ग्याँस उत्पादन गर्ने गरिएको छ । धरानकै ढाँचामा विराटनगरको फोहोरलाई व्यवस्थित गर्ने गरिए कार्ययोजना अगाडि बढाइएको मेयर कोइरालाले बताउनुभयो । मेयर कोइरालासहितको टोली सार्वजनिक यातायातको साधन चढेर धरान पुगेको थियो ।

टोलीले फोहोर प्रशोधनको प्रक्रिया, प्रशोधनपछिको अवस्था, प्रतिफललगायतका विषयमा चासोपूर्वक भेन्चर सञ्चालकसित जिज्ञासा राखेको थियो । १ बिघा १ कठ्ठा जग्गामा २५ करोडको लागतमा निर्मित भेन्चरमा ४० जनाले रोजगारी पाएका छन् । भेन्चरबाट सिसाको बोतल, प्लाष्टिकको बोतल, प्लाष्टिक, कपडा, कागज, झारपातलगायतको प्रशोधन गर्ने गरिएको छ ।

अध्ययन अवलोधन भ्रमणमा मेयर कोइरालासहित प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा नम्बर २ का वडाध्यक्ष कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ४ का जितन थापा, ८ का राम पोखरेल, १० का अर्जुन गिरी, ११ का तीर्थेन्द्र न्यौपाने, १२ हिरालाल कामत, १३ का सूर्यलाल यादव, १४ का सूर्यनारायण महतो, १८ का जितेन्द्रकुमार साह, १९ का श्याम घिमिरेका साथै कार्यपालिका सदस्यहरु ओमप्रकाश साह, कमला श्रेष्ठ, खुश्वु विश्वकर्मा, सन्तलीदेवी विश्वास, संजीव साह, ताराकुमारी राई, महानगरका विभिन्न शाखा तथा महाशाखा प्रमुखलगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!