हिपमत डटकम

शनिबार, कार्तिक १९, २०७९ || 944  पटक पढिएको

विराटनगर । लेटाङ्गका विद्यार्थीहरुका लागि आयोजना भएको आकाशमा भएका तारा, ग्रह र उपग्रहहरु हेर्ने कार्यक्रम सम्पन्न भएको छ। यहाँस्थित लेटाङ्ग सेकेन्डरी बोर्डिङ्ग स्कुलले आफ्नै विद्यालय परिसरमा आयोजना गरेको उक्त कार्यक्रममा नेपाल एस्ट्रोनोमी सोसाईटीका प्रतिनिधि ओसन कट्टेल, उदिप पोखरेल र सोनु सर्माले विद्यार्थीहरुलाई खगोलशास्त्र बारेमा जानकारीका गराएका थिए । साथै विद्यार्थीहरुले दिउसो आकाशमा टेलिस्कोपको मदतबाट सुर्य र राती चन्द्रमा, वृहस्पती ग्रह र यसका चन्द्रमाहरु र शनी ग्रहहरु आफ्नै आँखाले हेरेका थिए ।

लेटाङ्ग सेकेन्डरी बोर्डिङ स्कुलको विद्यालय संयोजक मेलिसा निरौलाले कार्यक्रममा ५ सय भन्दा बढि विद्यार्थीहरुको सहभागीता रहेको जानकारी दिनु भयो ।

“यो प्रकारको अभ्यास लेटाङमा भएको थिएन । पाठ्यपुस्तकमा भएका कुराहरु बुझाउन आवश्यक पुर्वाधारको अभावमा रहेका यहाँ विद्यार्थीलाई यस्ता रचनात्मक अभ्यासमा सहभागी गराउनु खुसीको कुरा हो ।” प्याबसन लेटाङ अध्यक्ष कमल अधिकारीले लेटाङ्ग सेकेन्डरी बोर्डिङ् स्कुलको राम्रो प्रयासको लागि धन्वाद दिदै बताउनु भयो ।

विद्यालय संयोजक मेलिसा निरौलाको अनुसार कार्यक्रममा आफ्नो स्कुलका साथै लेटाङ्गका अन्य स्कुलहरु अमर हर्ट मेमोरियल ईगंलिस स्कुल, टेन्डर बर्ड बोर्डिङ्ग स्कुल, लेटाङ्ग ग्रीन भ्याली एकाडेमी, जाँते नमुना बोर्डिङ्ग स्कुल, पुर्वान्चल अल्मामेटर बोर्डिङ्ग स्कुल, मोरङ पाथिभरा ईन्गंलिस स्कुल, पब्लिक सेन्ट्रल बोर्डिङ्ग स्कुल र लिटल फ्लावर बोर्डिङ स्कुल, ग्यालेक्सी बोर्डिङ स्कुल र मिनरुवा सेकेन्डरी बोर्डिङ्ग स्कुल लगायतका विद्यार्थीहरुको सहभागीता गराईएको थियो ।

सो अवसरमा विभिन्न विद्यालयका संचालक, प्रिन्सिपलहरु, लेटाङ्ग सेकेन्डरी बोर्डिङ्ग स्कुलको भाईस प्रिन्सिपल उदय पौडेल, अभिभावकहरुका साथै निर्देशकद्वय धड्कन कट्टेल र सरोज कार्कीका साथै को समेत उपस्थिति रहेको थियो ।

लेटाङ्ग सेकेन्डरी बोर्डिङ्ग स्कुलको आयोजनामा भएको यस कार्यक्रममा नेपाल एस्ट्रोनोमी सोसाईटी र महानगर बाल क्लब संजाल विराटनगरको सहकार्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!