हिपमत डटकम

शुक्रबार, कार्तिक १८, २०७९ || 1396  पटक पढिएको

हरिबोधिनी एकादशी तथा तुलसी विवाहका अवसरमा भक्तपुरको चाँगुनारायण मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ । उक्त मन्दिरमा प्रत्येक वर्ष आज कार्तिक शुक्ल एकादशीको दिन मेला लाग्ने गरेकामा बिहानै नुहाइ धुवाइ गरी चोखो भएर घरको मूलढोकामा कपुर पानीसमेत छर्केर चाँगुनारायण दर्शनका लागि जाने परम्परा छ ।

उक्त मन्दिरमा दर्शनपछि घर–घरमा लगाइएको तुलसी नारायणको विधिवत् रुपमा पूजा गरिन्छ । पूजामा तुलसी नारायणलाई सयपत्री फूलको माला लगाई सखरखण्ड, पिँडालु र खीरको भोजन चढाइन्छ । ​

त्यसैगरी आजै भक्तपुर नगरपालिकास्थित तिलमाधव नारायण, वाखुपति नारायण, सूर्यविनायकको लिखा नारायण, चाँगुनारायण नगपालिकाको भुइँजसी नारायणलगायत मन्दिरमा पनि दर्शनार्थीको भिड लागेको छ । हरिबोधिनी एकादशीका अवसरमा आज चाँगुनारायण नगरपालिकामा सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!