हिपमत डटकम
धरान ,मंसिर–१८ ।
पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापीत नेपाल आईस ‘मिस पुर्वाञ्चल’को दसौ संस्करणको अन्तिम प्रतिस्पर्धीको रुपमा २१ जना पुर्वको बिभिन्न सहरको युवतीहरु छनोट भएका छन् ।
अनलाइन फर्म , धरान , इटहरी र बिराटनगरको बिभिन्न कलेजहरुमा कलेज एक्टिभेशन र धरानमा गरिएको अडिशनबाट छानिएका युवतीहरुलाई गत साता देखिको ग्रुमिग क्लास , फोटोग्राफी र मेकअप क्लासपछि अन्तिम प्रतिस्पर्धीको रुपमा छनोट गरिएको हो ।