हिपमत डटकम

मंगलबार, कार्तिक १५, २०७९ || 12419  पटक पढिएको

कटुवाल २०७० सालको संविधानसभाको दोस्रो चुनावमा माओवादीको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार बन्न पाए। त्यसबेला मोरङमा नौ वटा निर्वाचन थिए, जसमध्ये उनी क्षेत्र नम्बर ७ का उम्मेदवार बने।

कटुवालले करिब आठ हजार मत ल्याए। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चुनाव जित्दा तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदार दोस्रो भने कटवालले तेस्रो मत ल्याएका थिए। चुनाव हारे पनि उनी माओवादीमा सक्रिय नै थिए। तर, पार्टीले लामो समय जिम्मेवारीविहीन बनाएपछि विस्तारै निष्कृय बनेको उनी बताउँछन्।

‘माओवादी पार्टीमा हामीजस्ता कार्यकर्ताहरू पाखा लगाइए, क्रान्तिकारी, संघर्षशील कार्यकर्ताहरू हराउन थाले,’
कटुवाल भन्छन्, ‘विकृति विसंगतिमा जोडिएका, एमाले-कांग्रेसले पाखा लगाएका जुवातास खेल्ने, दुई वटी श्रीमती ल्याउनेहरू झ्याप्पै आए।’आफूले त्यसबेला पार्टी अध्यक्ष प्रचण्डलाई पनि भनेको उनले बताए।‘धमिलो पानीमा राम्रा-नराम्रा दुबै माछा आएका छन्, राम्रालाई राख्नुपर्छ, नराम्रालाई पाखा लगाउनुपर्छ,’ प्रचण्डले भने।

‘तर तिनै नराम्राजति माओवादीमा रहे, राम्रा फालिए,’ कटवाल भन्छन्, ‘पार्टी सामन्ती मोडलमा गयो, मलाई चित्त बुझिरहेको थिएन।’तैपनि
कटुवालले माओवादीबाट राजीनामा भने दिएनन्।लामो समय निष्कृय बन्दा मन अशान्त बनेको उनी बताउँछन्।२०७८ साल कात्तिकमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा राजेन्द्र लिङ्देन अध्यक्ष चुनिए। ‘उहाँका एजेन्डा हेरें, राष्ट्र राष्ट्रियताका कुराहरू सुनें, म प्रभावित हुन थालें,’ उनले भने।अन्तत: गत वैशाखमा पुष्पलाल चोकमा आमसभा गरेर राजेन्द्र लिङदेनबाट राप्रपामा प्रवेश गरे।

राप्रपाको राजनीतिक ‘लाइन’ राजतन्त्र र हिन्दुराष्ट्र हो।

हिजो गणतन्त्रवादी मोर्चामा उभिएको, माओवादी युद्धलाई साथ दिएको व्यक्ति आज कसरी राजतन्त्रका पक्षधर हुनुभयो? प्रश्नमा
कटुवाल भन्छन्, ‘जब देश बेचबिखनका कुरा आउँछन्, राजनीतिक दलहरू त्यस्ता कार्यमा सामेल हुन्छन्, हामीले देश त बचाउनुपर्छ नि!’

उनले थपे, ‘राप्रपाले सक्रिय राजतन्त्रको कुरा उठाएको छैन, अभिभावकीय भूमिकाको राजतन्त्र भनेको छ, हिन्दु राष्ट्र भनेको छ, संघीयता खारेजी भनेको छ, यी सबै मुद्दा अहिले सान्दर्भिक देखेरै म राप्रपामा आएँ।’

उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)मा समर्थन गरेका कारण पनि आफूलाई माओवादीमा बस्न उचित नलागेको बताए।जतिबेला संसदमा एमसिसीको पक्ष-विपक्षमा मत बाझाबाझ भइरहेको थियो। माओवादी अध्यक्ष प्रचण्डले बोलीमा एमसिसी पारित गर्न नहुने बताउँथे। तर, संसदमा पक्षमा उभिए।

‘बाहिर एमसिसी राष्ट्रघाती हो, पास हुँदैन भन्दै कार्यकर्तालाई उकास्नुभयो,’ उनले भने, ‘सभामुखको रुपमा अग्नि सापकोटाले अडान राखे पनि संसदमा गएर एमसिसी पास गर्न प्रचण्डले सहयोग पुर्‍याउनुभयो। एमाले-कांग्रेसले त देश बेच्न खोजेका हुन्, तर प्रचण्ड पनि त्यस कार्यमा सामेल भएपछि मेरो आत्मा रोयो।’

हिजोको गणतन्त्रवादी नेता कटवाल आज त्यसको खिलापमा उभिएको राप्रपामा प्रवेश मात्र गरेनन्, २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेका छन्।

आफ्नो चिरपरिचित ठाउँ उनै टंकिसिनवरी (हाल बुढीगंगा)समेत जोडिएको मोरङ क्षेत्र नम्बर ६ बाट राप्रपाले प्रत्यक्षतर्फ उनलाई उम्मेदवार बनाएको छ। उनी ‘हेभिवेट’ नेताहरूसँग प्रतिस्पर्धा गर्दैछन्।

कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला, एमाले नेता लालबाबु पण्डितसँग कटवाल चुनावी मैदानमा छन्।

चुनाव जित्ने आधारहरू उनले पेश गरेका छन्।

‘पहिले म जसरी चुनाव लडेको थिएँ, आफ्नो बुताले मत आएको थियो, माओवादीको संगठन दर्बिलो थिएन,’ उनले भने, ‘म राप्रपा प्रवेश गर्दा ८ सय सँगै प्रवेश गराएँ। संगठन बलियो बनाएको छु, मेरो पुरानो छवि यहाँका जनताले बुझेका छन्। मेरो काम गर्ने शैली र तरिका जनताले थाहा पाएका छन्। त्यसैले म जित्छु।’

राप्रपा पहिलेको जस्तो पार्टी नभएको उनले बताए। अहिले राप्रपाप्रति आम जनतामा दृष्टिकोण बदलिएको र राप्रपाका एजेन्डा जनताले मन पराएकाले पनि चुनाव जित्ने साहस बटुलेको उनले बताए।आफूले चुनाव जिते सामाजिक कार्यमा योगदान पुर्‍याउने सपना बुनेका छन्
कटुवाल ले।पहिलो, उनले गरिबका छोराछोरीलाई नि:शुल्क शिक्षा दिने सोच बनाएका छन्।

दोस्रो, रोगी, बिरामी जनताको अकाल मृत्यु नहोस् भनी औषधी-उपचारका लागि स्वास्थ्य संस्थामा पहुँच अभिबृद्धि गर्ने सोच बनाएका छन्।तेस्रो, जथाभावी बिक्री वितरण भइरहेको मदिराजन्य वस्तुको नियन्त्रण गर्ने योजना उनको छ।‘मदिराबाट उत्पन्न विकृति हटाउने मेरो सोच छ, मैले जितें भने मेरो क्षेत्रमा मदिराजन्य वस्तुलाई नियन्त्रण गर्छु,’ उनले भने।उनको चौथो योजना चाहिँ उद्योगमा आवद्ध श्रमजीवी वर्गको उत्थान गर्ने रहेको छ।

‘कुनै उद्योग खुल्दा त्यसको पचास प्रतिशत नाफा चाहिँ मजदुर र श्रमजीवीहरूका निम्ति छुट्याउने व्यवस्था गराउँछु,’ उनले भने, ‘जीवनभर काम गर्ने मजदुरले काम छोड्दा कम्तीमा बस्ने छाप्रो बनाउन सकोस्, अहिले मजदुरहरू शोषित छन्, काम छोडेर बाहिर निस्किँदा रित्तो हात भइरहेको अवस्था परिवर्तन होस्।’

उनले ‘गाउँ फर्क’ नामक अभियान चलाए। त्यतिबेला पञ्चायती सरकारले ‘गाउँ फर्क’ अभियान चलाएको थियो।

त्यसबेला उनी राजनीतिमा खुलेर लागिसकेका थिएनन्। तर उनले गाउँमा अगुवा नागरिकको पहिचान भने बनाइसकेका थिए।२०३३ सालको कुरा हो। पञ्चायती व्यवस्थाको दबदबा थियो।दलहरू भूमिगत राजनीति गर्थे। जतिबेला उनी जम्मा १८ वर्षका थिए।२०१५ साल असोज ९ गते विजयखर्कमै जन्मेका कट्वाल बसेरी प्राथमिक विद्यालय, बुइँपा चम्पादेवी माध्यमिक विद्यालय हुँदै खोटाङ पुगेका थिए।खोटाङको दिक्तेलमा ‘आइए’ पढ्दै गरेका कटवालको त्यहीबेला नै पञ्चायती व्यवस्था सम्पर्क बढ्यो।

त्यो सम्पर्क उनका लागि जनप्रतिनिधि बन्ने टेको बन्यो। पञ्चायती व्यवस्थाले कटवाललाई खोटाङको साविक विजयखर्क गाविस–२ मा वडाध्यक्षमा चुन्यो।जनप्रतिनिधि बनेर पनि कटवालले पढाइ छोडेनन् बरु जनताको सेवा गरेर बाँकी बचेको समय अध्ययन गरे। उनले वडाध्यक्ष तीन वर्ष चलाए।गाउँका जनताका पिरमर्का र समस्याबारे जान्ने मौका पाए।

दिक्तेलको चम्पावती उच्च माध्यमिक विद्यालयबाट आइकम सकिएपछि भने जनप्रतिनिधिको भूमिका त्यागेर उनी आफ्ना बुवालाई सघाउन भारतको नागाल्यान्ड पुगे। कटुवाल तीन भाइ र दुई दिदीबहिनीमध्येका जेठा थिए।राप्रपाले सक्रिय राजतन्त्रको कुरा उठाएको छैन, अभिभावकीय भूमिकाको राजतन्त्र भनेको छ, हिन्दु राष्ट्र भनेको छ, संघीयता खारेजी भनेको छ, यी सबै मुद्दा अहिले सान्दर्भिक देखेरै म राप्रपामा आएँ।’

उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)मा समर्थन गरेका कारण पनि आफूलाई माओवादीमा बस्न उचित नलागेको बताए।जतिबेला संसदमा एमसिसीको पक्ष-विपक्षमा मत बाझाबाझ भइरहेको थियो। माओवादी अध्यक्ष प्रचण्डले बोलीमा एमसिसी पारित गर्न नहुने बताउँथे। तर, संसदमा पक्षमा उभिए।

‘बाहिर एमसिसी राष्ट्रघाती हो, पास हुँदैन भन्दै कार्यकर्तालाई उकास्नुभयो,’ उनले भने, ‘सभामुखको रुपमा अग्नि सापकोटाले अडान राखे पनि संसदमा गएर एमसिसी पास गर्न प्रचण्डले सहयोग पुर्‍याउनुभयो। एमाले-कांग्रेसले त देश बेच्न खोजेका हुन्, तर प्रचण्ड पनि त्यस कार्यमा सामेल भएपछि मेरो आत्मा रोयो।’

हिजोको गणतन्त्रवादी नेता कटुवाल आज त्यसको खिलापमा उभिएको राप्रपामा प्रवेश मात्र गरेनन्, २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!