हिपमत डटकम

मंगलबार, कार्तिक १५, २०७९ || 1563  पटक पढिएको

अस्ट्रेलियामा जारी पुरुष टी–२० विश्वकपमा अफगानिस्तानलाई ६ विकेटले हराउँदै श्रीलंकाले प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायम नै राखेको छ । मंगलबार भएको खेलमा श्रीलंकाले १ सय १४५ रनको लक्ष्यलाई ९ बल बाँकी छँदै मात्र ४ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो ।

श्रीलंकालाई जीत दिलाउन धनञ्जय डी सिल्भाले नटआउट रहँदै ६६ रनको महत्त्वपूर्ण पारी खेले । उनले मात्र ४२ बलमा ६ चौका र २ छक्का हिर्काए । उनलाई कुशल मेन्डिसले २५ रन बनाउँदै राम्रो साथ दिए । चरिथ अशालांकाले १९ तथा भानुका राजपाक्षेले १८ रन बनाए । अफगानिस्तानका लागि रसिद खान र मुजिब उर रहमानले २–२ विकेट लिए ।

यसअघि, अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो । अफगानिस्तानका लागि रहमानुल्लाह गुरबाजले २८ तथा उसमान घानीले २७ रनको योगदान दिए । अफगानिस्तानलाई सस्तोमा समेट्न प्लेयर अफ द म्याच घोषित वानिन्दु हसराङ्गा डी सिल्भाले ३ विकेट लिए भने लिहिरु कुमाराले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!