हिपमत डटकम

मंगलबार, कार्तिक १५, २०७९ || 1413  पटक पढिएको

भारतको सर्वोच्च अदालतले गुजरातको मोरबीमा भएको पुल दुर्घटनामा १४ नोभेम्बर आइतबार सुनुवाइ गर्ने भएको छ । यो पुल दुर्घटनामा महिला, बालबालिका र युवासहित १४० भन्दा बढीको ज्यान गएको छ । यस घटनामा राज्य सरकारले हालसम्म नौ जनालाई पक्राउ गरेको छ ।

विपक्षी दलहरुले यस विषयमा उच्चस्तरीय छानबिनको माग गरेका छन् । अधिवक्ता विशाल तिवारीले दायर गरेको जनहित याचिकाको सुनुवाइ गर्न सर्वोच्च अदालत सहमत भएको छ ।तिवारीले आफ्नो निवेदनमा यो दर्दनाक दुर्घटनाको अदालतको निगरानीमा न्यायिक छानबिन गर्न माग गरेका छन् । प्रधानन्यायाधीश युयु ललितको संयोजकत्वको इजलासले यस विषयमा नोभेम्बर १४ मा सुनुवाइ गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!