हिपमत डटकम

मंगलबार, कार्तिक १५, २०७९ || 11782  पटक पढिएको

कोरियाली गायक तथा अभिनेता ली जिहान सप्ताहन्तमा दक्षिण कोरियाको सोलमा रहेको इटावन हेलोविन समारोहको दौरानमा भएको भागदौडमा ज्यान गुमाएका छन् । स्थानीय समाचार एजेन्सीले २९ अक्टोबरमा भएको उक्त भागदौडमा गायक तथा अभिनेता जिहानको २४ वर्षको उमेरमा मृत्यु भएको पुष्टि गरेका छन् ।

जिहानको परिवारले आफूहरु शोकमा रहेकाले गोपनियताको सम्मान गर्न आग्रह गरेको छ । ‘हामी अहिले शोकमा छौँ । यस कारण हामी सतर्क छौँ । भगवान जिहानलाई शान्ति दिउन ।’ परिवारद्वारा जारी विज्ञप्‍तिमा उल्लेख छ ।

जिहानले पहिलोपटक सन् २०१७ मा एमनेटको निर्माणका रहेको १०१ सिजन २ मा एक प्रतियोगीका रुपमा पाइला चालेका थिए । उनले विज्ञापनको ओभरडोजको कवरसँगै शोमा अडिसन दिएका थिए र पाँचौं भागपछि बाहिरिएका थिए ।

उनले सन् २०१९ मा वेब ड्रामा ‘टु वाज अदर नाम ह्यून डे’मा एक अभिनेताका रुपमा अभिनय सुरु गरेका थिए । शनिबार भएको भागदौडमा १ सय ५४ जनाको मृत्यु भएको थियो । यो घटना सोलको इटावनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!