शनिबार, फाल्गुण २४, २०७६ || 1795  पटक पढिएको

नेपालीहरुको सांस्कृतिक पर्व होलीको अवसरमा अप्पन बिराटगढ परोपकार समाज बिराटनगरद्वारा आयोजित हमहु गेबै फगुआ कार्यक्रम श्री जनप्रिय उच्च माध्यमिक विद्यालय, कटहरीमा सम्पन्न भएको हो ।
करिब एक दशक देखि सांस्कृतिक अभियानमा सक्रिय महिला अभियानी बसुन्धरा झा अध्यक्ष रहेको परोपकार समाजले सांस्कृतिक अभियानको निरन्तरता दिंदै होलीको शुभकामना आदान प्रदान गर्न हमहु गेबै फगुआ कार्यक्रमको आयोजना गरेको हो ।महाकवि बाबा विद्यापतिको तस्वीरमा अविर चढाई तथा माटोको दियो बालेर शुरु गरिएको उक्त कार्यक्रममा कबिता मेहता, सुशील मुडियारी, शान्तवती माझी, ममता राजवंशी, अन्जला मण्डलको गायन तथा ग्रिमशन पब्लिक स्कुलका विद्यार्थीहरुले होली सम्बन्धी नृत्य प्रस्तुत गेरेका थिए । कार्यक्रमको मुख्य आकर्षण प्रकाश प्रेमीको प्रहशनले दर्शकहरु पेट मिचिमिचि हाँसेका थिए ।कोरोना भाइरसको आतंक र प्रशासनको प्रतिबन्धका बाबजुद महिलाहरुको उल्लेख्य सहभागितामा सम्पन्न उक्त कार्यक्रममा आभा फाउण्डेशन की अध्यक्षा आभा अनुपमाले कोरोना भाईरसको लक्षण तथा अपनाउनु पर्ने साबधानीको विषयमा जानकारी दिए ।

नीतु कामतको अध्यक्षता तथा पूर्व सांसद उषा यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समाज सेवी रामचन्द्र यादवलाई सम्मान गरिएको हो । कार्यक्रममा प्रविण नारायण चौधरी, राधे कामत, विजेन्द्र कुमार सिंह, भीम राजवंशी, अमर झा, पुजा बहार, भाग्यश्वरी झा, बरुण मिश्र, लालन झा लगायतको सहभागिता थियो । असत्य माथी सत्यको विजय, सामाजिक सौहाद्रता, एकता, उत्साह र अनेकतामा एकताको प्रतिको रुपमा रहेको नेपालीहरुको सांस्कृतिक पर्व होली कोरोनाको आतंक र प्रशासनको प्रतिबन्धले गर्दा विगत वर्षहरु भन्दा यस वर्ष उत्साहमा कमी हुने जानकारहरुले आफ्नो धारण राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!