हिपमत डटकम

आइतबार, कार्तिक १३, २०७९ || 13355  पटक पढिएको

पाल्पा। पाल्पाको रम्भा गाउँपालिका- १, हुँगीबाट गोरखाको मनकामना दर्शनका लागि जाँदै गरेको बस नवलपरासी पूर्वको बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बुलिङटार- २, मथारमा भएको दुर्घटनामा २४ जना घाइते भएको प्रहरी चौकी डेढ गाउँले जनाएको छ ।
ना ६ ख ७५८० नम्बरको बस अनियन्त्रित भई सडकबाट झन्डै सय मिटर तल खसेर भएको दुर्घटनामा रम्भा गाउँपालिका- १ हुँगीका ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीय देवी गाहा, स्याङ्जाको गल्याङ नगरपालिका- ९ की ४५ वर्षीय फुलमाया विक रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा रहेका रामपुरका स्थानीय पत्रकार प्रकाश ज्ञवालीका अनुसार आइतबार बिहान ३ बजेको समयमा कालीगण्डकी करिडोरअन्तर्गत सडकमा बस दुर्घटनामा परेको हो । हुँगीबाट राति ९ बजे मनकामना दर्शनका लागि हिँडेका थिए ।

दुर्घटनाग्रस्त बस भीरमा अड्किएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

दुर्घटनाका घाइतेहरुलाई स्थानीय र प्रहरीले उद्धार गरी चितवन ल्याउने काम भइरहेको छ । भौगोलिक विकटताको कारण उद्धारमा कठीनाई भएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!