उर्लाबारी । यातायात ब्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले आफ्नो कार्यकालमा गरेका विकास निर्माणका कामहरूका तस्बिर सामाजिक संजालमा पोष्ट गरेर एमालेका उम्मेदवारहरुले गठबन्धनका उम्मेदवारबिरुद्ध मिथ्या भ्रम छरिरहेको आरोप लगाउनुभएको छ ।
मोरङ क्षेत्र नं. १(२) का उम्मेद्वारसमेत रहनुभएका मन्त्री घिमिरेले सो आरोप लगाउनुभएको हो । शनिबार केराबारी ५,६ र ७ नम्बर वडाका मतदाताहरुसँग भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री घिमिरेले आफुले गरेको कामको जस एमालेले लिन खोजेको बताउनुभयो । मन्त्री घिमिरेले भन्नुभयो–‘यो वामलोकतान्त्रिक गठबन्धनका उम्मेद्वार भन्दा नेकपा एमालेका उम्मेदवार भन्दा भिन्न छ ।
यसकारण भिन्न छ कि गठबन्धनको सरकारले गरेका विकास निर्माणका कामहरु माथी एमालेले भ्रम फैलाएर सामाजिक संजालमा फोटो हाल्दै भोट मागिरहेका छन् ।’ मन्त्री घिमिरेले आफु सांसद भएपछि लेटाङ र केराबारीमा भएका दर्जनौं बिकास निर्माणका कामहरु भएको बताउनुभयो ।
उहाँले कामको आधारमा नेताहरुको मूल्यांकन गरेर मतदान गर्न मतदातालाई आग्रह समेत गर्नु भएको छ ।