हिपमत डटकम

बिहिबार, कार्तिक १०, २०७९ || 8701  पटक पढिएको

विराटनगर। मोरङ क्षेत्र न , ६ (ख) का प्रदेश सभाका लागि स्वतन्त्र उम्मेदवार गोपाल रेग्मी को क्षेत्रभरि माहौल बढेर गएको छ । पछिल्लो समय आएर पार्टीका उम्मदेवार भन्दा रेग्मी सशक्त बन्दै गएको मतदाताहरुको बुझाई छ ।

स्वच्छ छवी बनाएका रेग्मी प्रति मतदाताको साहानुभूति बढदै गएको छ । चूनावी मौदानमा उत्रिएपछि उनी प्रति साहानुभूति देखाउनेको संख्या दिनप्रति दिन बढने मात्र होइन , उनकोे उम्मेदवारीलाई हेवी वेटका रुपमा हेरेका छन मतदाताले । रेग्मी नेपाली कांग्रेस प्रदेश नं,१ कार्य समितिका सदस्य समेत हुन ।

विकासमा पछि परेको विराटनगरलाई व्यवस्थित बनाउने शासहिक निर्णय गरेर जनताबाट अनुमोदित भईसकेका रेग्मीको उम्मेदवारीले चौतर्फी प्रशंसा मात्र पाएको छैन कि उनलाई बिजयी गराउन गाउँघरमा प्रचार प्रसार मतदाता स्वमं उपस्थित भएर तिव्र पारेका छन । निडर स्वभावका रेग्मीले ७ बर्ष अघि विराटनगर महानगरको प्रमुख प्रशासकीय अधिकृत भएर नेतृत्व लिएर बस्दा जनताको मन छुने काम गरे ।
करिव ३ सय किलो मिटर विराटनगरका साघुरा सडक रेग्मीकै पहलमा चौडा पारिएको थियो । आज करिव १ सय किलो मिटर सडक चिल्ला र सुकिलामा परिणत भएका छन ।

ती सडकमा व्यवस्थित पेटी र नाला निर्माण भएका छन ।। बर्षायाममा धान रोप्ने बसपार्कलाई आधुनिक पारे । ढल प्रशोधन केन्द्र बनाए । शहिद रंगशालाको स्तरउन्नती गरे । रोडशेष देखी जोगवनी सम्मको पुरानो सडकमा नाला र पेटी सहित कालोपत्रे बनाउने सम्झौता उनकै पहलमा गरिएको थियो । डिएसपी रोड र सात घुम्ति सडक उनकै सक्रियतामा फराकिलो भयो । विराटनगर—१२ का धनिकलाल यादवले रेग्मी स्वतन्त्र उम्मेदवार बनेपनि उनको पक्षमा जनलहर उर्लदो क्रममा रहेको बताए । हामी विकास प्रेमीलाई सहयोग गर्छौ यादव भन्छन , पार्टी भन्दा गाउँको विकास हामं्रो लागि प्यारो छ ।

रेग्मीकै अग्रसरतामा विराटनगर —७ स्थित हाटखोलामा मारवाडी समूदायसँग समन्व्य गरेर व्यवस्थित समशानघाँट बनाए । विराटनगरका विभिन्न स्थानमा ८ वटा सार्वजनिक शौचालय ,विरेन्द्र सभागृह भित्र इको पार्क गुरुकुल नाटय घरको नयाँ भवन निर्माणमा उनकै पहलमा भएको थियो ।

विराटनगर—११ का धनिकलाल यादवले भने , पार्टीका धेरै उम्मेदवार जितेर गए तर क्षेत्रको विकासमा माखो मारेनन । श्रेष्ठले थपे , यसपाली हाम्रो होइन , राम्रो मान्छेलाई जिताउने हामी लागेका छौ । ।

जव उनले नतिजा दिएर गए , विराटनगरका जनतलाई उनको कामले छोयो र पोजेटिभ प्रभाव परेको छ । हिजोसडक फराकिलो बनाउने अभियानमा लाग्दा , गाली गर्ने र पं्रश्न तेर्साउनेलेले यतिवेला उनको योगदानको स्मरण गरिरहेका छन ।
४७ हजार ९ सय ४७ मतदाता रहेको मोरङ प्रदेश निर्वाचन क्षेत्र ६(ख) मा विराटनगर नगरक्षेत्रका वडा न ५,६,७,९ ,११ र १२ पर्दछन ।

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!