हिपमत डटकम

बिहिबार, कार्तिक १०, २०७९ || 3507  पटक पढिएको

तनहुँ। तिहारमा तनहुँ कारागारका कैदीबन्दीले तीन वर्षपछि भाइटीका लगाउन पाउने भएका छन् । कोरोना सङ्क्रणले गर्दा यसअघि भाइटीका लगाउन नपाए पनि यसपाली लगाउन पाउने व्यवस्था मिलाइएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

तिहारमा दिदीबहिनीको हातबाट टीका लगाउन पाउने भएपछि कैदीबन्दीको निधार खाली नहुने भएको हो । दशैंमा पनि आफन्तजनबाट कैदीबन्दीलाई टीका लगाउन दिइएको अधिकारीले जानकारी दिनुभयो । निमित्त प्रमुख अधिकारीका अनुसार दुई सय ९० जना पुरुष र १२ जना महिला कारागारमा छन् ।

‘महिला र पुरुष दुवैलाई भाइटीका लगाउन र लाउन पाउने प्रबन्ध मिलाएका छौं’ निमिक्त प्रमुख अधिकारीले भन्नुभयो ।

अभिनेता शाहले पनि बैनीलाई टीका लगाउने

यसैबीच तनहुँ कारागारमा रहनुभएका अभिनेता पल शाहले बैनीको हातबाट भाइटीका लगाउने हुनुभएको छ । अभिनेता शाहको बैनीले फोन गरेर भाइटीका लगाउन आउने बताएको तनहुँ कारागारका निमित्त प्रमुख अधिकारीले बताउनुभयो ।

नवलपुर जिल्ला अदालतले भदौ २१ गते बलत्कार मुद्दामा शाहलाई सफाई दिएको थियो । यौन दुरुपयोगमा दुई वर्ष ६ महिना कैद सजाय, दश लाख क्षतिपूर्ति र २५ हजार जरिवाना तोकेको थियो तर तनहुँ जिल्ला अदालतमा अभिनेता शाहको सुनुवाई हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!