विराटनगर । विभिन्न विद्युतीय सामग्री उत्पादन गर्दै आएको राठी केवलले लक्ष्मीपूजाको अवसर पारेर विराटनगरमा मस्कट प्रदर्शन गरेको छ ।
राठी केवलले विराटनगरको ट्राफिक चोकदेखि सत्यनारायण मन्दिरसम्म मस्कट निकालेको थियो ।
तिहारको अवसरमा प्रचार तथा मनोरञ्जनको उद्धेश्यले उक्त मस्कट निकालिएको राठी केवलले जनाएको छ ।
लक्ष्मीपूजाको दिन निकालिएको मस्कट बजारमा पुगेका सर्वसाधारणका लागि आकर्षणको केन्द्र बनेको थियो । प्रर्दशनमा सहभागि मस्कटसँग फोटो खिच्नेहरुको घुइँचो लागेको थियो । विशेष गरी बालबालिकाहरु मस्कटसँग फोटो खिचाउँनका लागि झुम्मिएका थिए ।
राठी केवल सधै नागरिकहरु संग नजिक भएर हरेक पर्वहरुमा सक्रियताका साथ आफ्ना ग्राहक एवं आम नागरिक संगको सम्बन्ध गाढा बनाउदै आएको छ।