ओखलढुङगा खिजिदेम्बा-४ खिजिकाती बस्ने ६० बर्षीय चेक प्रसाद भट्टराईको लडेर मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे घर नजिकै घाँस काट्न जादै गरेको अवस्थामा एक्कासी भिरबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खिजिफलाटेले जनाएको छ ।
यसै गरी भारत पुरनिया दुस्मार-५ बस्ने ५३ बर्षीय मो. हसनको लडेर मृत्यु भएको छ । ओखलढुङगा लिखु-६ गाम्नाङटारमा रहेको ग्रामोदय माध्यमिक बिधालयको निर्माणाधिन भवनमा काम गर्दै आएका भारतिय नागरिक हसन हिजो अपरान्ह साढे ४ बजे ट्वाईलेटमा लडी घाईते भएकोमा उनको उपचारको क्रममा सामुदायीक अस्पताल मन्थली रामेछापमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।