हिपमत डटकम

सोमबार, आश्विन ३१, २०७९ || 989  पटक पढिएको

इरानमा अशान्ति मच्चाउने र देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अमेरिकाको प्रयास विफल हुने त्यहाँका परराष्ट्रमन्त्री नासेर कनानीले बताएका छन् ।

अहिले देशभरि भइरहेको विरोध प्रदर्शनलाई अमेरिकाका राष्ट्रपति जो बाइडनले समर्थन गरेपछि कनानीको भनाइ आएको हो ।
गत सेप्टेम्बर महिनामा २२ वर्षीया युवती माहसा अमिनीलाई इरानको नैतिकता प्रहरीले हिरासतमा लिएपछि उनको मृत्यु भएको थियो । ती युवतीले कपाल छोप्ने हिजाब मिलाएर नलगाएको भनी प्रहरीले हिरासतमा लिएको हो । उनलाई यातना दिइएको दाबी उनको परिवारले गरेको छ ।

बाइडनले दंगाहरूको समर्थन गरेको आरोप कनानीले लगाए ।

‘उनीसँग विश्वासिला सल्लाहकार पनि छैनन् अनि उनको स्मरणशक्ति पनि कमजोर छ,’ कनानीले बताए, ‘त्यसैले इरान बलियो र अडिग रहेको अनि देश बाइडनको क्रूर प्रतिबन्ध तथा खोक्रा धम्कीसमक्ष नझुक्ने कुरा म उनलाई स्मरण गराउन चाहन्छु ।’

इरानविरुद्धको व्यर्थको अभियानबाट थकित राजनीतिकर्मीको हस्तक्षेपकारी बयानबाट देश विचलित नहुने कनानीको भनाइ छ ।

‘हामी सबै मिलेर इरानको स्वतन्त्रतालाई प्रतिरक्षा गर्नेछौं,’ उनले थपे ।

गत शुक्रवार ओरेगनको पोर्टल्यान्डमा पत्रकारहरूसँग कुरा गर्दै बाइडनले इरानी सरकार दमनकारी भएको बताए । इरानी जनताको साहस अनि इरानी महिलाहरूले सडकमा आएर गरेको प्रदर्शनले आफूलाई आश्चर्यचकित बनाएको उनको भनाइ छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!