रबिन्द्र बराल

शनिबार, आश्विन २९, २०७९ || 1337  पटक पढिएको

सुनवर्षि। मोरंगको सुनवर्षि नगरपालिका ५ को आयोजनामा एक दिने आँखा शिबिर सम्पन्न भएको छ। शिविरबाट तिन जय जनाले सेवा लिएको वडा अध्यक्ष युगेश्वर प्रसाद ठाकुरले बताए ।

विराटनगर आँखा अस्पताल बिराटनगर तथा नेपाल नेत्र ज्योती संघकाे सहयोग र सुनवर्षि नगरपालिका वडा न -५ को आयोजनामा टकुवा स्थित वडा कार्यालयमा शिबिर संचालन भएको हो।

आँखा शिविरमा सुनवर्षि नगरपालिका वडा न ५,६,७,,८ र भारतका केहि व्यक्तिहरु समेतले आँखा जांचकालागि आएको ईन्जिनियर कमलेश्वर ठाकुरले हिपमत मिडियालाई बताए। वडाले आँखाका औसधि समेत वितरण गरेको ठाकुरले बताए।

वडामा संचालन गरिएको आँखा शिविरमा ६० बर्षमाथिका ४० जना वृद्धहरुमा माेतियाविन्दु फेला परेकाे थियो ।जसमध्ये ३० जनालाई अस्पताल लगिएको छ उनीहरुको निशुल्क अप्रेसन बिराट आँखा अस्पतालले गरिदिने भएको छ। आँखा शिविरमा वडाका सदस्यहरु ,महिला स्यंमसेविकाहरु लगायतको उपस्थिति रहेको थियो। वडाअध्यक्ष निर्वाचित भएपछी जुगेश्वर प्रसाद ठाकुरले लगातार सामाजिक कार्यहरु गर्दै आएको स्थानैयाहरु बताउछन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!