मणिराम दाहाल
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा स्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा डाक्टर कम समय सम्म बस्ने तथा नभेटिने गरेका कारणले विरामीलाई सास्ती हुने गरेको छ ।
अस्पतालमा विरामीको चाप अत्याधिक भए पनि डाक्टर भने विरामीको सेवाका लागि १ देखि २ घन्टा मात्रै बस्ने गरेका छन् । एउटा सामान्य विरामको लागि उपचार गर्न जाँदा डाक्टर समय सम्म नबसेका तथा नभेटिएका कारण आफु पटकपटक ध्याउँन बाध्य भएको सुन्दरहरैँचा ७ निवासी विरामी शम्भु विश्वकर्माले बताए ।ञआफु जस्तै दैनिक ज्वालादारी गरेर खाने मान्छेलाई समान्य उपचारको लागि पनि ३ पटक भन्दा बढी अस्पताल धाउँदा समस्या हुने गरेको विश्वकर्माको भनाइ रहेको छ ।
अस्पतालमा दैनिक रूपमा ३ सय भन्दा बढी विरामी उपचारका लागि जाने गरेका छन् । विरामीले काउन्टरमा बिल काटेर डाक्टरलाई चेक गराउँन अथवा रिपोट बुझाउँन जाँदा अधिकाश डाक्टर नभेटिने अथवा हिडिसकेको हुने स्थानीय सेवाग्राही केशव ओझाले बताए । ञपियू शिक्षण अस्पतालले दिने सेवासुविधा भने बर्षेदेखि सन्तोकजनक छैन् झ। ओझाले भने।
अस्पतालमा भौतिक संरचना तथा वातावरण भने उपयुक्त रहेको छ। पूर्वाञ्चल विश्वविद्यालय ८ सय ५ विगाहा क्षेत्रफलमा फैलिएको छ । उपचारको लागि विभिन्न विभाग भए पनि डाक्टर समय सम्म नबसेका तथा नभेटिएका कारण सेवाग्राहीलाई सास्ती हुने गरेको स्थानीय शिक्षासेवी चोलाराज पोखरेलले बताए । ञविरामी भएर अस्पताल जाँदा पालो कुर्दाकुदै डिउटी सकेर डाक्टर छिट्टै हिड्ने गरेकोले यो समस्याको सावधान गरि सरकारी अस्पतालले दिने सेवा सुविधालाई सुधार गर्न जरूरी छ , पोखरेलले भने।
पियू शिक्षण अस्पतालमा छाला , फिजिसियन , बालरोग , हाडजोर्नी नशारोग ,गाइजो , फिजिसियन , सर्जन , आँखा, दाँत,बच्चाको इन्डोसकोपि , एक्स रे , लगायतको उपचार तथा सेवा सुविधा रहेको छ।अस्पतालमा विभिन्न विभाग र उपचार कक्ष भए पनि डाक्टर समयमा नआउँने तथा आए पनि राम्रो नबस्ने साथै कर्मचारीको अभाव लगायतका विभिन्न कारणले भने समस्या हुने गरेको सेवाग्राहीहरू बताउँछन् ।
पियु शिक्षण अस्पतालको भवन २०७६ सालमा तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले समुदघाटन गरेका थिए । पियूमा एमविविएस वाहेक मेडिकल , नर्सिङ , फार्मेसी , ल्याव लगायतको पढाइ हुने गरेको छ । अस्पताल निर्देशक विपेश आचार्यले नितिगत , विधागत लगायत आर्थिक र उचित जनशक्तिको अभावले समस्या भएको हुँदा यसको सावधान गरि सुधार गरेर अघि बढ्न जरूरी रहेको बताए । पियू शिक्षण अस्पताल गोठगाउँमा १ सय बेडको अस्पताल सञ्चालन गरेर विरामीलाई सेवा दिने भनिएकोमा त्यो अहिले सम्म गर्न नसकेकोले यसको सुधार र विकासका लागि सम्बन्धित पक्षले चासो राखेर काम गर्न आबश्यक भएको निर्देशक आचार्यले उल्लेख गरे।डाक्टरको दरबन्दीमा समस्या भएकोले समय सम्म उहाँहरूलाइ सेवामा राख्न नसकिएको साथै अस्पतालले ग्रामिण भेगमा रहेर सकेको सेवा सुविधा दिनु चहि राम्रो पक्ष भएको अस्पताल निर्देशक आचार्यले जानकारी दिए।
पियू शिक्षण अस्पताल का फिजिसियन डा। चन्दन विश्वासले विरामीहरूको लागि डाक्टरको दैनिक रूपमा चेकजाँचको समय २ घन्टा मात्रै भएकोले सेवाग्राहीहरूको चाप अत्याधिक भए पनि पर्याप्त समय दिन नसकेको बताए। अस्पतालका सहायक खरिदार निबन्ध कोइरालाले डाक्टरको दरबन्दी कम भएको कारणले समस्या देखिएकोले यसको अन्त्यका लागि आगामी दिनमा बिहान १० देखि दिउँसो २ बजे सम्म सेवा दिने योजनामा अस्पताल रहेको उल्लेख गरे ।