हिपमत डटकम

शनिबार, आश्विन २९, २०७९ || 2383  पटक पढिएको

विराटनगर । छठ पर्वलाई ध्यानमा राखेर विराटनगर महानगरपालिकाले नहरको सफाई सुरु गरेको छ ।

सुनसरी–मोरङ सिंचाई आयोजनाको सहकार्यमा महानगरले नहरको सफाई सुरु गरेको हो । महानगर क्षेत्रभित्रका सबै नहर सफा गरिने विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो ।

हरेक दिन दुईवटा जेसीवीले नहर सफाई गरिरहेका छन् । बिहान ६ बजेदेखि नै सफाई सुरु हुने गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताउनुभयो । एउटा जेसीवीले खार्जीदेखि जामुनगाछीसम्म सफा गर्नेछ भने अर्को जेसीवीले जामुनगाछीदेखि रानीसम्म सफा गर्नेछ । लामो समयदेखि नहर सफा भएको थिएन । मेयर कोइरालाको पहलमा नहर सफाईलाई तीव्रता दिइएको छ ।

छठ पर्वमा भक्तजनहरुले नहरमा मण्डप बनाएर पूजा गर्ने गरेका छन् । सुनसरी–मोरङ सिंचाई आयोजनाको नहरले विराटनगरको वडा नम्बर ४, ५, ६, ११, १२, १६ लगायतका वडा समेटेको छ । हरेक शुक्रबार महानगर सफाई विशेष अभियान पनि सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!