शुक्रबार, फाल्गुण २३, २०७६ || 1295  पटक पढिएको

मोरङको रतुवामाई ८ इटहरा स्थित सरस्वती माध्यमिक विद्यालयले एकै साथ स्वागत र विदाई कार्यक्रम गरेको छ । शुक्रबार भएको कार्यक्रममा शिक्षक ज्ञानेन्द्र तिम्सिना र विद्यालय नर्स निशा खतिवडालाई स्वागत र शिक्षिका नन्दा लुईटेललाई विदाई गरिएको हो ।

शिक्षक तिम्सिना सरस्वती आधारभूत विद्यालय दमकबाट सरुवा भई आउनु भएको हो भने शिक्षिका लुईटेल तिम्सिनाकै ठाउँमा सरुवा भई जानु भएको हो । शिक्षक तिम्सिना रतुवामाईका स्थायी बासी हुन्हुन्छ भने शिक्षिका लुईटेल दमक निवासी हुनुहुन्छ । उहाँहरुले घरपायक पारस्पारिक सरुवा गर्नु भएको हो ।

शिक्षक सेवा आयोग पास गरी २०७२ फागुन ६ गते उक्त विद्यालयमा नियुक्त हुनु भएकी निमावि शिक्षिका लुईटेल २०७६ फागुन ६ गतेकै दिन सरुवा भई जानु भएको हो ।

विद्यालय नर्स खतिवडा सामाजिक विकास मन्त्रालयबाट नयाँ नियुक्ती लिएर आउनु भएको हो । सामाजिक विकास मन्त्रालयले यस वर्षदेखि प्रत्येक पालिकामा एउटा नमुना विद्यालय छनोट गरी विद्यालय नर्स खटाएको छ । रतुवामाई नगरपालिकामा छनोट भएको सरस्वती माविमा नर्स खतिवडा गत महिनादेखि कार्यरत हुनुहुन्छ ।

कार्यक्रममा उहाँहरुलाई फूलमाला र अविरजात्रा गरेर स्वागत तथा विदाई गरियो । प्रमुख अतिथि ८ नम्बर वडा अध्यक्ष नन्दकुमार चापागाई र प्रधानाध्यापक गोविन्दबहादुर पौडेलले उहाँहरुलाई उपहार प्रदान गर्नुभयो ।

शिक्षिका लुईटेलले विदाई ग्रहण गर्दै आफ्ना कार्यकालका अनुभवहरु राख्नुभयो । यसैगरी शिक्षक तिम्सिना र नर्स खतिवडाले पनि स्वागत ग्रहण गर्दै आफ्ना धारणाहरु राख्नुभयो । कार्यक्रममा प्रमुख अतिथि चापागाई, शिक्षक थिरनाथ दाहाल र विद्यार्थी सरस्वती कटुवालले मन्तव्य राख्नुभयो ।

प्रधानाध्यापक पौडेलको सभापतित्वमा भएको कार्यक्रम शिक्षक मिलन ढकालले संचालन गर्नु भएको थियो भने शिक्षिका कञ्चनमाला देवकोटाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!