हिपमत डटकम

बिहिबार, आश्विन २७, २०७९ || 37965  पटक पढिएको

काठमााडौं । आसन्न मंसिर ४ गते हुन आमनिर्वाचनमा गोरखा—२ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग हुने चुनावी भिडन्त चासोको केन्द्रबिन्दुमा छ । उक्त स्थानमा प्रचण्ड र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीबीच हुने प्रतिस्पर्धा रोचक हुने अनुमान छ ।

गत २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा चितवन—३ बाट बाजी मारेका प्रचण्डलाई यस पटक जित निकाल्न सकस हुने बुर्लाकोटी दाबी गर्छन् । ९८ हजार मतदाता रहेको उक्त क्षेत्रमा ३० हजार भन्दा बढी मत ल्याएर जित्ने उनको जिकिर छ । त्यहाँ यसपटक ६३ हजार भन्दा बढी मत खस्ने जानकारहरु बताउँछन् । प्रचण्डलाई ७ हजार मतान्तरले जित निकाल्ने बुर्लाकोटी बताउँछन् ।

उनी भन्छन्, ‘मैले चुनावी गतिविधि सुरु गरिसकेको छु,अधिकांश मतदाताहरुको रुझान यस पटक स्वतन्त्र पार्टीमा देखिएको छ ’। बुर्लाकोटी थप्छन, ‘कांग्रेसको ९० प्रतिशत भोट क्रश हुन्छ,एमालेको ३० प्रतिशत र माओवादीका असन्तुटहरुले मलाई भोट दिन्छन ’ ।

चितवनमा जित्ने आधार नदेखेर गोरखा आएका प्रचण्डको जनाधार खस्किएको धेरैको विश्लेषण छ । स्थापित ठूला पार्टीका शीर्ष नेताहरुप्रतिको वितृष्णा,देशै नरहने हो कि भन्ने जनआक्रोशले कांग्रेस,एमाले र माओवादीका नेताहरुलाई सताएको उनी सुनाउँछन् ।

यो पटकको निर्वाचनमा मत परिवर्तन नगर्ने हो भने आगामी २५ बर्षसम्म पनि देशको हालत नसुध्रिने बुर्लाकोटीको तर्क छ । तपाईँको जित्ने आधार के भन्ने प्रश्नको जवाफमा उनी भन्छन, ठूला पार्टीको रगत शुद्ध छैन, हामी शुद्ध मानिस स्वतन्त्र पार्टीमा जोडिएका छौं । प्रचण्डले करोडौं पैसा खर्च गरेपनि चुनाव जित्न नसक्नेमा बुर्लाकोटी ढुक्क छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!