हिपमत डटकम

मंगलबार, आश्विन २५, २०७९ || 1810  पटक पढिएको

ललितपुर । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक छ । ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको सघन उपचार कक्षमा उहाँको उपचार भइरहेको छ । अस्पतालले सोमबार अपराह्न प्रेस विज्ञप्ति जारी गरी जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको तथा अवस्था चिन्ताजनक रहेको जनाएको छ ।

आइतबारदेखि उहाँको छातीमा निमोनियाको सङ्क्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको छ र मुटुसम्बन्धी समस्या देखा परेकाले त्यसको नियन्त्रणका लागि सघन उपचार कक्ष (आईसीयू)मा राखी उपचार थालिएको छ । जोशीको स्वास्थ्यमा केही सुधार देखिए पनि खतरामुक्त नरहेको अस्पतालले जनाएको छ ।

आइतबार मुटुको चाल बढेपछि उहाँलाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको छ। उहाँका भतिज अजरमान जोशीले स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको बताउनुभयो। उहाँले भन्नुभयो, “अहिले मुख्य डेङ्गु रोगको उपचार भइरहेको छ। तागतिलो खानेकुरा खानुपर्ने हुन्छ तर उहाँले केही पनि खानुभएको छैन। आइतबार दुई चम्चा हर्लिक्स खानुभयो। आज केही पनि खानुभएको छैन।”

यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उपचाररत जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। स्वास्थ्यमा समस्या देखिएपछि १८ दिनअघि १०३ वर्षीय जोशीलाई अस्पताल भर्ना गरिएको थियो। ललितपुर महानगरपालिकाले शताब्दीपुरुष सत्यमोहन जोशीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। महानगरपालिकाको सोमबार बसेको २१औँ कार्यपालिका बैठकले जोशीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको महानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!