हिपमत डटकम

मंगलबार, आश्विन २५, २०७९ || 6350  पटक पढिएको

डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी रद्द गर्न निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिनुभएका देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति रहेको भन्दै उजुरी परेको हो ।

सभापति देउवाको जन्ममिति नागरिकतामा २००३ जेठ ३१ गते रहेको फोटोसहितको मतदाता नामावलीमा २००२ जेठ ३१ गते रहेको भन्दै उजुरी परेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृत वाग्लेका अनुसार नागरिकता र मतदाता नामावलीमा फरक–फरक मिति रहेको भन्दै बीपी कांग्रेसका तर्फबाट उम्मेदवार रहेका कर्ण मल्लले देउवाविरुद्ध उजुरी हाल्नु भएको हो ।

कांग्रेस डडेल्धुराका पूर्व सभापति समेत रहनु भएका मल्ल अहिले बीपी कांग्रेसका वरिष्ठ उपसभापति रहनु भएको छ । देउवा प्रधानमन्त्री हुँदा २०५८ मा मल्ल स्वकीय सहसचिव समेत रहनुभएको थियो ।

डडेल्धुराका मुख्य निर्वाचन अधिकृत वाग्लेले देउवाविरुद्ध उजुरी परेको पुष्टि गर्नुभएको छ । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि डडेल्धुरामा देउवासहित ११ जना उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । यसैगरी प्रदेशसभा सदस्यतर्फ १४ जनाले उम्मेदवारी दर्ता गराउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यो खबर आजको गोरखापत्रमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!