काठमाडौं । नेपाली कांग्रेसले आज बिहान ७ बजेसम्म पनि उमेदवार टुंगो लगाउन नसके सभापति शेरबहादुर देउवाले निर्णय गर्नेछन् । उमेदवार टुंगो लगाउन कांग्रेस संसदीय बोर्ड बैठक जारी छ ।
बिहान ७ बजेसम्म पनि उमेदवार टुंगो लाग्न नसके महामन्त्रीसँग समन्वय गरेर सभापति देउवाले उमेदवार छनोटको निर्णय गर्नेछन् ।
बैठकले अझै सबै जिल्ला तथा क्षेत्रका उमेदवार टुंगो लगाउन सकेको छैन । यद्यपि, ९० प्रतिशत उमेदवार टुंगो लागेको एक पदाधिकारीले जानकारी दिए । “९० प्रतिशत उमेदवार टुंगो लागिसकेको छ । अब बाँकी उमेदवार टुंगो लगाउन छलफल भइरहेको छ,” ती पदाधिकारीले भने ।