हिपमत डटकम

शनिबार, आश्विन २२, २०७९ || 1127  पटक पढिएको

विराटनगर । प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले आसन्न प्रतिनिधि सभा निर्वाचनमा थारु समुदायले मोरङको क्षेत्र नं.३ मा कांग्रेस उम्मेद्वार डा.सुनिल शर्मालाई सघाउँने बताएका छन् । विराटनगरमा आयोजित नोबेल मिस्टर एण्ड मिस थारु आइकन समापन कार्यक्रमलाई संवोधन गर्दै सांसद मोदीले यस्तो बताएका हुन् ।

नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका डा.शर्माले थारु समुदायलाई धेरै गुन लगाएको भन्दै सांसद मोदीले अब मंसिर ४ गते हुँने प्रतिनिधि सभा निर्वाचनमा थारु समुदायले डा.शर्माको गुन फर्काउँने बताए । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका सांसद मोदीले आसन्न चुनावमा डा.शर्माले जित्ने विश्वाससमेत व्यक्त गरे । ‘डा.सुनिल शर्माले थारुहरुलाई धेरै गुन लगाउँनु भयो, अब आउँने चुनावमा थारुहरुले तपाईको गुन फर्काउँनेछन्,’ संवोधनका क्रममा डा.शर्मालाई लक्षित गर्दै सांसद मोदीले भने, ‘आउँने चुनावमा तपाईले जित्नुहुन्छ भन्ने मलाई विश्वास छ ।’

नोबेल मिस्टर एण्ड मिस थारु आइकन प्रतियोगिता सञ्चालन गर्न नोबेल मेडिकल कलेजमार्फत डा.शर्माले ठूलो सहयोग गरेको उनले बताए । डा.शर्माको सहयोगका कारण सारु समुदायको कला सस्कृति र प्रतिभा उजागर गर्ने वातावरण मिलेको भन्दै सांसद मोदीले सहयोगका लागि डा.शर्मालाई धन्यवादसमेत व्यक्त गरे ।

नेपाली कांग्रेस मोरङ क्षेत्र नं.३ ले आसन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारका लागि डा.सुनिल शर्माको एकल नाम सिफारिस गरेको छ । एकल नाम सिफारिसमा परेकाले सो क्षेत्रमा डा.शर्मा उम्मेद्वार बन्ने लगभग पक्कापक्की छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!