शुक्रबार, फाल्गुण २३, २०७६ || 762  पटक पढिएको

मिर्गौला प्रत्यारोपणको दोस्रो दिन बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आएको छ। त्रिवि शिक्षण अस्पतालमा बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनमा गरिएको यो दोस्रो मिर्गौला प्रत्यारोपण हो। १२ वर्षअघि नयाँदिल्लीस्थित एपोलो अस्पतालमा पहिलोपटक उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो।

त्रिवि शिक्षण अस्पतालका निर्देशक डा। पे्रम खड्गाले बिहीबार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै उनको रक्तचाप, मुटुको चाल तथा अन्य प्रयोगशाला रिपोर्ट राम्रो भएको जानकारी दिए। ‘सम्मानीय प्रधानमन्त्रीज्यूको प्रत्यारोपण गरिएको नयाँ मिर्गौलाले राम्रोसित काम गरिरहेको छ, अन्य स्वास्थ्य सूचक पनि राम्रा छन्,’ उनले भने। प्रधानमन्त्री ओलीले बिहीबार झोलिलो पदार्थ खाएको चिकित्सकले बताए। उनलाई कालो चिया, दाल तथा सुप खान दिइएको छ।

मिर्गौैला प्रत्यारोपणमा संलग्न चिकित्सक डा। उत्तम शर्माले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै भने, ‘हामीले कस्तो छ भनेर सोध्दा उहाँ चाहिनेजति बोल्नुभएको छ, यसबाट म ह्याप्पी ९खुसी० छु।’ प्रत्यारोपणपछि पनि प्रधानमन्त्रीमा उस्तै स्फुर्ति देखिएको जानकारी दिँदै उनले भने, ‘अवस्था राम्रो छ, अपेक्षित सुधार छ।’ प्रधामन्त्री ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रोला ज्ञवालीको स्वास्थ्य अवस्था पनि सामान्य रहेको चिकित्सकले जनाएका छन्। उनलाई पनि नरम तथा तरल पदार्थ खान दिइएको छ। प्रधानमन्त्री ओलीलाई आइसियूमा राखिएको छ भने ज्ञवालीलाई मिर्गौला प्रत्यारोपण युनिटमा राखिएको छ। चिकित्सकका अनुसार त्रिवि शिक्षण अस्पतालमा यसअघि करिब १० जनामा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिए पनि ओलीजति उमेरका व्यक्तिको प्रत्यारोपण भएको थिएन। ओली ६९ वर्षमा हिँड्दैछन्। ‘यो उमेरमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री पहिलो व्यक्ति हुनुपर्छ,’ डा। शर्माले भने।

त्रिवि शिक्षण अस्पतालमा बिहीबार पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न बिहीबार पनि शुभेच्छुक तथा दलका नेता–कार्यकर्ताको भिड लागेको थियो। विभिन्न देशका प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै सन्देश पठाएको प्रेस सल्लाहाकार सूर्य थापाले जनाएका छन्। उनको अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री इमरान खान, जापानका प्रधामन्त्री सिन्जो आबेले स्वास्थ्यलाभको सन्देश पठाइसकेका छन्। काठडौंस्थित चिनियाँ राजदूत बिहीबार अस्पताल पुगेरै ओलीको स्वास्थ्यलाभको कामना गरेका छन्। काठमाडौंस्थित पाकिस्तानका राजदूत र जापानका राजदूतले फोन गरेर स्वास्थ्यलाभको कामना गरेको सल्लाहाकार थापाले बताए। (नागरिक दैनिकबाट)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!