बिहिबार, फाल्गुण २२, २०७६ || 1359  पटक पढिएको

कोरोना भाइरसका संसारभरी ९५ हजार ३६ व्यक्ति संक्रमित छन् । यसका कारण ३ हजार २ सय ८३ को मृत्यु भइसकेको छ । इटली कोरोनाभाइरसद्वारा संक्रमित व्यक्तिको मामलामा संसारको तेस्रो देश हो । यहाँ ३ हजार ८९ व्यक्ति यो भाइरसको संक्रमणमा छन् । यहाँ करिब १ सय ७ व्यक्तिको मृत्यु भइसकेको छ । यस्तै, सिंगापुरका क्याथोलिक इसाई अब चर्चमा गएर प्रार्थना गरिरहेका छैनन् । उनीहरु अनलाइनमार्फत् नै पूजा गरिरहेका छन् ।

इटलीको सरकारले कोरोनाभाइरस फैलन रोक्नका लागि आफ्ना सबै स्कूल र विश्वविद्यालय बन्द गरेको छ । युरोपेली देशमा इटली एउटा एक्लो देश हो जहाँ कोरोनाभाइरस यति भयावह तरिकाले फैलिरहेको छ ।

पछिल्लो २४ घण्टामा कूल २८ जनाको मृत्यु कोरोनाभाइरसका कारण भएको छ । यसका कारण अहिलेसम्म इटलीमा मृतकको संख्या बढेर १ सय ७ पुगेको छ ।

इटलीका प्रधानमन्त्री जियुसेप कोन्टेको सरकारले अभिवादनको पारम्परिक इटालियन तरिका चुम्बन बन्द गर्न आदेश दिएको छ । यसले कोरोनाभाइरस फैलने खतरा कम हुने बताइएको छ ।

इटलीका प्रधानमन्त्री जियुसेप कान्टेले हात नमिलाउन, अँगालो हाल्न र कुनै प्रकारको शारीरिक सम्पर्कबाट टाढा रहन आदेश दिएका छन् । इटलीमा हुने सबै खेलको आयोजना, सेमिनार, वर्कशप, अन्तरराष्ट्रिय बैठक इत्यादि रद्द गरिएका छन् ।

यस्तै, सिंगापुरको क्याथोलिक चर्चले सार्वजनिक पूजा रद्द गरिदिएको छ । अब चर्चका पादरीले अनलाइन भिडियो स्ट्रिमिङमार्फत् मानिसहरुलाई प्रार्थनालगायतका कार्य गराइरहेका छन् ।

सिंगापुरमा कोरोनाभाइरसका कूल १ सय १२ व्यक्ति संक्रमित छन् । यद्यपि, यहाँ कसैको पनि मृत्यु भएको खबर भने आएको छैन । तर सावधानीको रुपमा यहाँको सरकारले विभिन्न आदेश जारी गरिसकेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!