विराटनगर ३ ले आयोजना गरेको विभिन्न खेलकुद कार्यक्रमको बुधबार एक समारोहका विच उद्घाटन गरिएको छ ।
विराटनगर महानगर पालिकाका कार्यबाह प्रमुख ईन्दिरा कार्कीले रेफ्रि विक्की कार्कीलाई फुटबल दिएर सो कार्यक्रमको उद्घाटन गरिएको छ । खेलकुदमा वडा न. ३ का संस्थागत तथा सामुदायिक विद्यालयका विद्यालयहरुको सहभागिता रहने छ । सो प्रतियोगितामा फुटबल , भलिबल, दौड प्रतियोगिता रहेको छ । सो खेलकुद कार्यक्रम २५ गते फाईनल प्रतियोगिता सम्पन्न हुने छ । विजेताले आकर्षक पुरस्कार प्रप्त गर्ने छ ।