बुधबार, फाल्गुण २१, २०७६ || 1950  पटक पढिएको

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले धमाधम एकलौटी ढङ्गले अगाडि बढेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आन्तरिक रणनीतिमा जुटेको छ । पौडेल पक्षका नेताहरु पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बुधबार आन्तरिक छलफलमा जुटका हुन् । छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, नेताहरु अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाललगायतका नेताहरु सहभागी थिए । साथै काठमाडौंँका रहेका पौडेल पक्ष निकट केही जिल्ला सभापतिको पनि सहभागिता रहेको थियो ।

 

सभापति देउवाले गत शनिबार र सोमबार गरी पार्टीका ४७ विभाग मध्ये २० विभाग प्रमुख चयन गर्नुका साथै ८ जनलाई केन्द्रीय सदस्य र ६ जना आमन्त्रि केन्द्रीय सदस्यमा मनोनय गरेको थिए । जसमा उनले कृष्णप्रसाद सिटौला समूहलाई मात्र समावेश गरेका थिए । पुस ११ गतेको केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पार्टीका विभागको संख्या २८ बाट बढाएर ४७ पु(याउने निर्णय गरेको थियो । काँग्रेस विधानमा २८ वटा विभाग हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!