विश्व बैंकले कोरोना भाइरसद्वारा ग्रसित विकाशशील राष्ट्रका लागि १२ बिलियन अमेरिकी डलर (करिब १३ खर्ब रुपैयाा) राहत प्याकेजको घोषणा गरेको छ ।
आपतकालीन प्याकेजमा अनुदान, प्राविधिक सहयोग र ऋण समावेश छन् ।
संसारभरीका नेताले कोरोना भाइरसको संक्रमणपछि निम्तिने आर्थिक समस्याबाट आफ्नो देशलाई बचाइदिन गरेको आग्रहपछि विश्व बैंकले यस्तो निर्णय लएिको हो ।
यो संकटको घडीमा देशहरुले आफ्ना जनताको स्वास्थ्यमा सुधार गर्न सकून् भन्ने उद्देश्यसहित यस्तो निर्णय गरिएको विश्व बैंकले बताएको छ ।
‘हामी रोग सर्न नदिने कसरतमा छौं,’ विश्व बैंक ग्रुपका अध्यक्ष डेभिड माल्पासाले बीबीसीलाई भने ।
संस्थाले गरिब र कोरोना भाइरस संक्रमणको जोखिममा रहेका देशलाई प्राथमिकतामा राख्ने बताएको छ । कोरोना संसारभरीका ७० वटा देशमा फैलिसकेको छ ।
प्याकेजको आधा रकम नीजि क्षेत्रसँग काम गर्दै आएको बैंकको अन्तरराष्ट्रिय बित्तिय निगमबाट प्राप्त गरिएको छ भने १२ बिलियन डलरको करिब ४ बिलियन डलर भने पहिलै नै उपलब्ध रकमबाट तानिएको छ । एजेन्सी