मंगलबार, फाल्गुण २०, २०७६ || 2014  पटक पढिएको

सोलुखुम्बु थुलुङदुधकोशी गाउँपालिका-८ मासेप बस्ने ५५ बर्षीया उत्रमाया राईको भिरबाट लडेर मृत्यु भएको छ ।  हिजो दिउँसो सोही स्थानमा रहेको मुल्था भिरमा श्रीमानसंग खर काट्न जादै गरेको अवस्थामा उत्रमाया एक्कासी भिरबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको भनि राती ०९ बजे प्रहरी चौकी नेलेमा खबर प्राप्त भएको थियो ।  घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय सोलुबाट समेत प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!