हिपमत डटकम

मंगलबार, साउन ३१, २०७९ || 2481  पटक पढिएको

बिराटनगर। विराटनगर स्थित कोसी अस्पतालमा ४० बेडको इमरजेन्सी कक्ष संचालनमा आएको छ । जुन विराटनगरको निजी मात्रै होइन सरकारी क्षेत्रको पनि सबैभन्दा ठूलो इमरजेन्सी कक्ष हो ।

यस अघि अस्पतालमा २० बेडको इमरजेन्सी कक्ष संचालन भइरहेको थियो । अस्पतालका प्रमुख मेडिकल सुप्रिटेन्डेन्ट डा. यज्ञराज खरेलको विशेष पहलकदमीमा इमरजेन्सी कक्षको मुहार नै परिवर्तन गरिएको हो । अस्पतालको इमरजेन्सी कक्षको पूर्वतर्फको भवनको तल्लो भागलाई फोडेर निर्माण पुरा भएपछि ४० बेडको सुविधा सम्पन्न कक्ष संचालनमा ल्याइएको हो । जुन इमरजेन्सी कक्षबाट प्रत्येक दिन सयौं जनाले दक्ष चिकित्सकदेखि मेडिकल अधिकृतबाट स्वास्थ्य सेवा लिइरहेका छन् ।

प्रदेश नं. १ को राजधानी विराटनगरमा सरकारी स्तरबाट संचालित इमरजेन्सी कक्ष सुविधा सम्पन्न नभएको र प्राथमिक उपचार नै नपाएर विरामीको मृत्यु हुने जनगुनासो बढेपछि मेडिकल सुप्रिटेन्डेन्ट डा. खरेलले संघीय प्रदेश र स्थानीय तह सरकारको जनगुनासोलाई सधैंकालागि सम्बोधन गर्ने गरी सुविधा सम्पन्न इमरजेन्सी कक्ष संचालनमा ल्याइएको हो ।

सरकारले ०७९\ ८० देखि निजी क्षेत्रबाट संचालित अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम हटाएपछि साउन १ गतेदेखि कोसी अस्पतालमा प्रत्येक दिन १ हजार ५ सयको हाराहारीमा सर्वसाधारणले बहिरङ्ग सेवाबाट उपचार सेवा लिइरहेका थिए । कोशी यति खेर इमरजेन्सी कक्षसहित ४ सय बेडको अस्पताल हो ।

४ सय बेडको अस्पताल संचालनका लागि १ हजार जनशक्तिको आवश्यकता पर्छ । तर अस्पतालमा ५ सयको हाराहारीमा मात्रै जनशक्ति रहेको र त्यही जनशक्तिबाट प्रत्येक दिन उपचार सेवा लिन आउने १ हजार ५ सय जनालाई उपचार सेवा प्रदान गरिरहेको डा. खरेलले बताए ।
कोसी १ नं. प्रदेशको राजधानी विराटनगरको सबैभन्दा ठूलो अस्पताल हो । जुन अस्पताललाई सरकारले ५ सय बेडको शिक्षण अस्पताल बनाउने तयारी गरेको छ । जसका लागि १ हजार २ सय जनशक्तिको आवश्यकता पर्ने र कोसी अस्पताल विकास समितिले २ सय कर्मचारीको नाम पठाएपनि अनुमोदन भएको छैन । कोसीमा सबै प्रकारको रोगको उपचार हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!